YouTube Link

नेपाल चलचित्र कलाकार संघको १९औँ महाधिवेशनबाट अध्यक्षमा उप्रेती र निरौलामध्ये कसले मार्ला बाजी ?

Facebook Link

 

काठमाडौं: कलाकारहरूको साझा संस्था नेपाल चलचित्र कलाकार संघको १९औँ महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष पदमा रेजिना उप्रेती र मोहन निरौलाले उम्मेदवारी दिएका छन् ।

 

दुवैको अध्यक्ष उम्मेदवारको अब संघको नेतृत्व आफूले गर्न पाउनुपर्ने तर्क रहँदै आएको छ । निरौला र उप्रेती दुवै वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

 

अध्यक्ष उम्मेदवार निरौला र उप्रेती भने महिना दिनदेखि यसैमा लागेका छन् । उनीहरू अध्यक्ष जित्नका लागि आफ्नो पक्षका साथीहरूलाई सदस्यता नवीकरण गर्न लगाउने, आर्थिक अवस्था कमजोर भएकालाई आफैले सदस्यता नवीकरण गर्दिनेदेखि चियापान गराउँदै अध्यक्षमा आफूलाई भोट माग्दै आएका छन् ।

 

अध्यक्ष पदका दुवै उम्मेदवार चुनावी मैदानमा एक्लै होमिएका छैनन् । दुवै उम्मेदवार आ–आफ्नो प्यानल बनाएर अगाडि बढिरहेका छन् । दुवैले प्यानलमा समेट्न नसकेकालाई मनोनीत पदका लागि बचन समेत दिएका छन् ।

 

अध्यक्ष उम्मेदवार कलाकार मोहन निरौलाको प्यानलमा उपाध्यक्षमा धनबहादुर बमजन (डीबी) र कविता गेलाल, महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् । सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा रहेका छन् ।

 

अर्की अध्यक्ष उम्मेदवार अभिनेत्री रेजिना उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल ‘बैरागी’, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ,  लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...