हाईड्रोपावरबाट उमाकुण्डबासीहरु लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छः उपाध्यक्ष साबित्री सुनुवार (भिडियो सहित)

 

– उमाकुण्ड गाउँपालिकामा तपाई जनताबाट जनप्रतिनिधिको रुपमा चुनिएर आएको १० महिना बितिसकेको अवस्था छ कस्तो अनुभूति भईरहेको छ ?

सर्वप्रथम त यो स्थानमा पुर्याउनका निमि त्त यस उमाकुण्डवासी सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरी यो स्थानमा पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिन चाहान्छु र यो स्थानमा पुग्दै गर्दा खासै अप्ठ्यारो महसुस गरेको छैन किनकि सामाजिक क्षेत्रमा यो भन्दा पहिला दुई चार वर्ष अगाडिदेखि सामाजिक क्षेत्रमा काम गरेको थिएँ । त्यस अनुभवले चाहिँ गाउँपालिकामा काम गर्न अलि सहज भएको छ ।

 

– गाउँपालिकाको अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ विकास निर्माणका कार्यहरू विगतमा र हालसम्म आईपुग्दा के कसरी अगाडि बढिरहेको छ ?

लगभग लगभग आर्थिक वर्षको अन्तिममा चाहिँ मैले उपाध्यक्ष पद ग्रहण गरे । त्यसपछि मैले आर्थिक वर्ष २०७८/७९ को योजना तथा कार्यक्रमको स्थलगत अनुगमनमा गएँ र अनुगमन गर्दै जाँदाखेरी कतिपय योजनाहरु लथालिंग अवस्थामा निर्माण हुन नसकेको र त्यसको असर चाहिँ स्थानीय चुनाव पनि हुनसक्छ र मैले चाहि किन यसरी निर्माणका कामहरु पुरा हुन सकेन भनेर प्रश्न गर्दा त्यहाँका उपभोक्त सिमितिले चुनावका कारणले समयमै काम गर्न सकेनौ भन्ने जवाफ पाएँ र त्यसपछि मैले २०७९/८० को नीति तथा कार्यक्रम योजना बनाउनुपर्ने पनि थियो र बनाउँदै गर्दाखेरी गाउँपालिकाबाट र वडाबाट विनियोजित योजना कार्यक्रम चाहिँ समयमै एकीकृत घुम्ती शिविर आयोजना गरी प्रत्येक वडा वडामा गएर योजना सम्झौता गरेका थियौ र अहिले वडामा अन्य योजना चाहि विगतको वर्षमा भन्दा अहिले चाहिँ तिब्र रुपमा अगाडि बढेको पाएको छु ।

 

– गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने भएकोले हालसम्म न्याय र कानुन सम्बन्धि के-के कामहरु गर्नुभयो ?

न्यायिक समितिको सचिवालयमा आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजित अनुसार त्यस बजेटलाई शिर्षक वाईज बनाएर हामीले लगभग सुरुमा स्थानीय मेलमिलापकर्ता तथा संयोजकहरुलाई हामीले अभिमुखिकरण तालिम दियौ र त्यसपछि स्थलगत अनुगमनको लागि वडास्तरीय मेलमिलाप केन्द्रमा गयौ र त्यहाँ जाँदा वडाको मेलमिलापकर्ताहरुको अवस्था र व्यवस्थापन के छ त भनेर अनुगमन गर्ने काम गर्यौ र त्यसपछि उहाँहरुलाई वडा स्तरीय १ नम्बर गुम्देलदेखि ७ नम्बर भुजीका स्थानीय कानुनी सचेतनाका लागि सरोकारवालाहरुलाई कानुन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम ५८० जनाको उपस्थितिमा गर्यौ । मेलमिलाप सम्बन्धि चाहि २१ जनालाई ८ दिवसीय तालिम पनि दिईसकेका छौ । त्यो चाहिँ ७ वटै वडामा मेलमिलापकर्ताको आवश्यकता हेरेर महिला पुरुषको पहिचान गरी यो कार्यक्रम गर्यौ र प्रोत्साहन स्वरुप उहाँहरुलाई छाता झोलाको व्यवस्था गर्यौ र अर्को उहाँहरुको उजुरीकर्ताको मिलापत्र गरे वापत १ हजार पाउने गरी पनि व्यवस्था मिलायौ । कतिपय वडाहरुमा चाहि मेलमिलाप केन्द्रको व्यवस्थापन नभएको र उहाँहरु मेलमिलाप गराउने पाटोमा बाहिरै बसेर मिलाउने गरेको पनि पाईयो । समस्य भएका वडाहरु २ नम्बर र ४ नम्बर वडामा चाहि कोठा नभएका कारण भाडामा लिएर स्थानीय मेलमिलाप केन्द्र स्थापना गरेका छौं । कार्यसम्पादनको  कुरा गर्नुपर्दा गाउँपालिकामा दर्ता हुन आएका जम्मा ७९ वटा उजुरी आएका छन् जसमध्ये १४ वटा चाहिँ गाउँपालिकाको न्यायिक समितिको सचिवालयमा दर्ता हुन आएका छन् । विशेष गरेर घरेलु हिंसा, साँधसिमाना र चरिचरणको उजुरीहरु आएका छन् । जसमा हामीले सबैको मिलापत्रको माध्यमबाट मिलापत्र गरिसकेका छौं भने गाउँपालिकामा दर्ता हुन आएको एउटा निवेदन भने छलफल हुन बाँकी छ । प्रत्येक हप्ताको आईतबार चाहिँ समितिको बैठक साथै उजुरी भएका दर्ताहरुमाथि छलफल गर्ने गरेका छौ र सुचीकृत भएका जम्मा ४१ जना मेलमिलापकर्ता हुनुहुन्छ भने नयाँ उत्पादन गरेको २१ जना मेलमिलापकर्ताहरु हुनुहुन्छ ।

 

वडा स्तरीय १ नम्बर गुम्देलदेखि ७ नम्बर भुजीका स्थानीय कानुनी सचेतनाका लागि सरोकारवालाहरुलाई कानुन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम ५८० जनाको उपस्थितिमा गर्यौ । मेलमिलाप सम्बन्धि चाहि २१ जनालाई ८ दिवसीय तालिम पनि दिईसकेका छौ ।

 

– विकास निर्माणको काम गर्ने क्रममा के, कस्ता अवरोधहरू आए ?

खासै मैले बाधा अवरोध भएको महसुस चाहिँ गरेको छैन किनभने यो आर्थिक वर्षमा समयमा नै सम्झौता गरी समयमा नै मापदण्ड अनुसार योजना कार्यक्रमहरु भएका छन् । समय समयमा गाउँपालिकाको टिम र वडा टिमले चाहि ति योजना कार्यक्रम के कस्ता भएका छन् भनेर बेला बेलामा अनुगमन पनि गर्ने गरेका छौं । अनुगमन गर्दा विगतका वर्षहरुभन्दा मापदण्ड अनुसार काम भएको र गुणस्तरमा पनि केहि सुधार भएको महसुस गरेको छु । तर पनि मापदण्ड अनुसार र गुणस्तर नभएकोमा हामीले गाउँपालिकाको अनुगमनको संयोजक टिम प्राविधिक ईञ्जिनियरहरुको सल्लाह सुझाव अनुसार नै विकास निर्माणका कामहरु भएकाले खासै अवरोधहरु आएको महसुस गरेको छुईन ।

 

– कृषि तथा पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले के-के काम गरिरहेको छ ?

विशेष गरेर उमाकुण्ड गाउँपालिका भौगोलिकताको हिसावले ठूलो भएतापनि उमाकुण्डबासी कृषि र पशुमा निर्भरता हुने भएकोले हामीले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि एउटा गुरुयोजना बनाएका छौ र यो गुरुयोजनामा चाहिँ बिशेष गरेर कृषि र पर्यटनका लागि मध्येनजर गरेर एउटा मिटिङ पनि बसिसकेका छौं । हालचाहिँ हामी प्रत्येक वडा वडामा गएर के छ त्यहाँको १ नम्बरको गुम्देल, लाछेवरदेखि भुजीको फास्तुसम्मको वस्तुस्थिति के छ त ? कृषि र पर्यटकीय क्षेत्रहरु कस्ता छन् ? त्यसको प्रवर्द्धन कसरी गर्ने भनेर वडा वडामा नै गएर स्थलगत अनुगमन गरी कृषि र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले भर्खरै गुरुयोजना तयार पारेको छ ।

 

– पालिकामा प्रशासनिक भवन निर्माणको काम भईरहेको छ कहिलेसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ ?

लगभग लगभग ८ करोड २० लाखमा बन्न लागेको प्रशासनिक भवनचाहिँ सम्झौता भएको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित यहि बैसाखमा सम्झौता भए अनुसार २०८२ सालमा सम्पन्न हुने देखिन्छ ।

 

– पालिकामा धेरै हाईड्रोपावरहरु निर्माणधिनमा छन् हालसम्म के कति सम्पन्न भए र गाउँपालिकाका स्थानीयबासीहरु के कति लाभन्वित भएका छन् ?

विगत यो भन्दा पहिला स्थानीय सरकारसँग कसरी काम गर्यो हाईड्रोपावरसँग भनेर जानकारी पाएको छैन मैले तैपनि हाल चाहिँ उमाकुण्ड गाउँपालिकासँग समन्वय नगरी कुनैपनि काम नगर्न हाईड्रोपावरलाई अनुरोध गरेका छौ र विशेष गरेर दुगढ हाईड्रोपावर चाहिँ करीव करीव निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य हाईड्रोपावर चाहिँ सञ्चालित अवस्थामा छन् र उनीहरुलाई हामीले के भनेका छौ भने यो भन्दा पहिला पालिकासँग समन्वय नगरी विभिन्न हाईड्रोपावरले चाहिँ कामहरु गरेको हुँदा गाउँपालिका योजना र हाईड्रोपावरको योजना डुप्लिकेशन हुँदा अनुगमनको क्रममा त्यस्ता योजना पाएको हुँदा हामीले चाहिँ स्थानी सरकारसँग समन्वय नगरी कुनैपनि काम नगर्न हामीले अनुरोध गरेका छौं । लाभान्वितको हिसाबमा भन्नुपर्दा उमाकुण्डबासीले हाईड्रोपावरबाट लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छ किनभने हाईड्रोबाट स्थानीयबासीले हामी यसरी पिडित भयौ बाटोघाटोको अवस्था वातावरण प्रदुषित भएको गुनासो धेरै आउने गरेको छ पालिकामा त्यसैले अहिले हामीले अब आउने र निर्माणाधिन अवस्थामा रहेका हाईड्रोपावरलाई स्थानीय सरकारसँग समन्वय नगरी कुनैपनि काम नगर्न अनुरोध गरेका छौं ।

 

– वडाहरुको सिमांकनको बारेमा केहि बिबादहरु आएको सुनियो खास के हो ?

विवादको विषयमा भन्नुपर्दा यो उमाकुण्ड गाउँपालिकाको ४ नम्बर वडा र ७ नम्बर वडामा पर्ने यो एउटा सिमानाको सामान्य कुरा चाहिँ आएको छ जसमा हामीले समस्याको समाधान गर्नको निमित्त हिउँदे अधिवेशनमा चाहिँ हामीले यो निर्णय गरिसकेका छौ यसको समाधान हुने छिट्टै देखिन्छ ।

 

 

– अलि फरक प्रशंगमा जाउँ हालै मात्र अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भयो त्यसका लागि रामेछाप जिल्लाकै भव्य ठूलो खेल मैदान पनि निर्माण भएको छ यस खेल मैदान निर्माणका लागि के कति बजेट खर्च भयो ?

लगभगलगभग यो खेल मैदान रामेछाप जिल्लाकै उत्कृष्ट भन्ने पनि सुनिएको छ । स्थानीय तहको न्यायिक समितिको अवलोकन भ्रमणको क्रममा जाँदा उमाकुण्डकै खेल मैदान उत्कृष्ट ठूलो भन्ने पनि मलाई लागेको छ । र यो खेलमैदान निर्माणको लागि लगभगलगभग ७० लाखको हराहरी लागेको छ र अझैपनि निर्माण हुन बाँकी नै छ ।

 

– यस खेल मैदानमा व्यक्तिगत जग्गा पनि परेको छ भन्ने सुनिएको छ यसलाई कसरी मिलाउनुहुन्छ ?

वास्तावमै यो यथार्थ कुरा हो केहि व्यक्तिको जग्गा खेल मैदानभित्र परेको अवस्था छ । त्यहाँका जग्गाधनीलाई गाउँपालिकासँग समन्वय गरेर उहाँलाई जग्गाको मौजाद दिने व्यवस्था गरेका छौ भने त्यसको सट्ट जग्गा नै लिन्छु भन्ने व्यक्तिहरुलाई चाहिँ गाउँपालिकाले नै जग्गा खरिद गरीदिने गरी यो समस्या समाधान गर्ने पहल गरिरहेका छौं ।

 

जिल्लास्तरीय खेलकुदको भौतिकपूर्वधार विकासका लागि चाहि अहिले पनि खेल मैदान निर्माणको काम सम्पन्न भएको अवस्था छैन र दर्शकहरु बस्नको लागि अति आवश्यक पर्ने प्याराफिटको व्यवस्थाको लागि गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गर्नेछौ र अपुग बजेट चाहिँ प्रदेश सरकार र संघीय सरकारलाई पनि हामीले योजना तथा कार्यक्रम बनाएर माग गर्ने योजना बनाएका छौं ।

 

– चौथो राष्ट्रपति रनिङ शिल्ड र जिल्लस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न पालिकाले पूर्वधार विकास, खेलाडी तथा प्रशिक्षकको व्यवस्थापनका लागि के कस्तो तयारी गर्नेछ ?

भर्खरै हाम्रो तेस्रो राष्ट्रपति रनिङ शिल्डसँगै खेल मैदानको उदघाटनसँगै समापन गरियो र उमाकुण्ड गाउँपालिकाले जम्मा दुईवटा खेल भलिबल र एथलेटिक्स मात्र आयोजना गर्न सक्यो आगमी दिनमा चाहिँ ती दुई खेल बाहेक अन्य चार वटा खेल जस्तै उस्सु, तेक्वान्दो, कराते र कवडी खेलहरु राखेर आयोजना गर्ने लक्ष्य राखेका छौ । त्यस खेल सम्बन्धी ज्ञान भएका प्रशिक्षकलाई चाहिँ गाउँपालिकामा आमन्त्रण गरेर तालिमको व्यवस्था गर्ने पनि लक्ष्य राखेका छौ । जिल्लास्तरीय खेलकुदको भौतिकपूर्वधार विकासका लागि चाहि अहिले पनि खेल मैदान निर्माणको काम सम्पन्न भएको अवस्था छैन र दर्शकहरु बस्नको लागि अति आवश्यक पर्ने प्याराफिटको व्यवस्थाको लागि गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गर्नेछौ र अपुग बजेट चाहिँ प्रदेश सरकार र संघीय सरकारलाई पनि हामीले योजना तथा कार्यक्रम बनाएर माग गर्ने योजना बनाएका छौं ।

 

– ११औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न पालिकामा नभएको खेल विधाको प्रशिक्षण र प्रशिक्षकहरुको तयारी के कसरी गर्नुहुन्छ ?

११औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि खेलकुद विकास समिति र गाउँपालिकाको समन्वयमा सहकार्य गरेर विद्यालयस्तरका बालबालिकालाई खेलाडीको रुपमा पहिचान गरेर प्रशिक्षकबाट प्रशिक्षण गराएर बैशाख महिनाभित्र यो कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।

 

– ईन्डोर खेलका लागि कभर्ड हल बनाउने गाउँपालिकाको योजना के कस्तो छ ?

ईन्डोर खेलका लागि कभर्ड हल अति आवश्यक देखिन्छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का दिदीज्यूले भन्नुभएको छ । जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरेर उमाकुण्ड गाउँपालिकाको खेल मैदानका लागि सहयोग गर्ने छौं भनेर वचन दिनुभएको छ लगभग उहाँले प्रदेश सरकार र अन्य ठाउँबाट पहल गरेर पक्कै पनि गाउँपालिका भित्र्याउने देखिन्छ र आवश्यक परेको अपुग बजेटहरु चाहिँ माथिल्लो निकायमा नै माग गरेर खेलकुद मैदान चाहिँ व्यवस्थित बनाउने योजना बनाएका छौं ।

 

– अन्त्यमा केहि भन्नु छ ?

अन्तिममा चाहिँ अखबार नेपालबाट मेरो आवाजको दायराभित्र जो जसले हेरिराख्नुभएको छ र प्रतिक्रियाको लागि धन्यवाद दिन चाहान्छु ।

भिडियो

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...