Rajshow Bivag

‘बेशर्म रङ’ ले विवादमा तानिए अभिनेत्री दीपिका पादुकोण

Departmant of helth services

 

काठमाडौं: अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ ।

 

गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन् । फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ ।

 

फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन् । उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन् ।

 

एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्यार्थीको प्रदर्शनमा सहभागी भएकी थिइन् । फिल्ममा एसिड पीडितको भूमिकामा अभिनय गरेकी दीपिका प्रदर्शनलाई समर्थन गर्दै सहभागिता जनाएपछि विवादमा तानिएकी थिइन् ।

 

दीपिकाकै कारण फिल्मलाई बहिष्कार गर्नुपर्नेसम्म माग भएको थियो । दीपिका र उनका अभिनेता पति रणवीर सिंहको अभिनय रहेको अर्को फिल्म ‘पद्मावत’ पनि विवादबाट चोखो रहन सकेन । फिल्म रिलिजअघि करणी सेनाले फिल्मले इतिहाससँग खेलबाड गरेको आरोप लगाएको थियो । तर जब फिल्म रिलिज भयो, त्यसपछि विवादका कुनै कुरा बाहिर आएनन् ।

 

निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘रामलीला’मा दीपिका र रणवीर सिंह प्रमुख भूमिकामा थिए । कैयौँ मानिसले फिल्मले रामलीला नाममाथि खेलबाड गरेको आरोप लगाएका थिए । फिल्ममाथि आरोप लागेपछि निर्माण पक्षले फिल्मको नाम ‘गोलियों कि रासलीला रामलीला’ राखेर रिलिज गरेको थियो । ​

 

दीपिकाकै अभिनय रहेको फिल्म ‘गहराइयाँ’ सामाजिक सञ्जालमा लामो समयसम्म चर्चाको विषय बन्यो । फिल्ममा राखिएका बोल्ड दृश्य र कपडाप्रति अधिकांशको आपत्ति थियो । जसकारण फिल्म इन्टरनेटमा चर्चाको राम्रो विषय बनेको थियो ।

 

अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा पनि दीपिकाको नाम आएको थियो । अभिनेताको मृत्युमा लागुऔषध जोडिएपछि यो मामलामा दीपिकासहित कैयौँ कलाकारको नाम बाहिर आएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...