Texas College
YouTube Link

कविता: प्रदूषणका कुहिएका चल्लाहरू

Facebook Link

– राजबाबु श्रेष्ठ ‘सागर’

जेठोदाइ आउँदा
कूचो लगायौ तिमीले
तर अहँ कूचो होइन
दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।

नाराउखान र हावाहुरीको
भुँवरी चलायौ तिमीले
पलाएका समृद्धिका पखेटाहरू पनि
सबैसबै भाँच्यौ
तर अहँ कहिल्यै रोपेनौ तिमीले
वातावरणका एउटै हरियो बिरुवा पनि ?

केवल उडायो सपनाहरू शहीदका
अनि रोप्यौ भ्रमका विषालु ऐंशेलु कँडाहरू
र उमार्यौ तिमीले
तीखातीखा खिया लागेका काँटीहरू
जसले रोपिएर हजारौँ समृद्धिका
कलिला पाइतालाहरू आज रकाताम्मे भएर
टिटानसको विषालु विषले कुहिरहेछन्
दह सुकेर माछा कुहेझैँ ।

जबसम्म
बालुवाटार र सिङ्गो दरबारमा
भाले र पोथी मिलेर कोरल्छन्
प्रदूषणका कुहेका चल्लाहरू
जबसम्म देश भक्तका बादल मडारिएर
वर्षेर भिज्दैन देहावसान भएका बारीका डल्लाहरू
तबसम्म फेर्न सक्दैनन् सास आरामले फोक्सोबाट
ती डाँडाकाँडा, भीरपाखा, पर्वत र तराइका
अग्राख, धुपी र सल्लाहरू ।

फेरि म कसरी फेर्न सक्छु
स्वच्छ वातावरणको फोक्सोबाट
त्यो शुद्ध अक्सिजन ए मनुवाहरू ?
जबसम्म
बालुवाटर र सिङ्गो दरबारबाट बहिरहन्छ
कुहिएका सिनुका दुर्गन्धहरू
मेरै फोक्सोको कुलेसोभएर ।

  • महोत्तरी, गौशाला न. पा. १
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...