Health Ad
YouTube Link

कविता: प्रदूषणका कुहिएका चल्लाहरू

Khanepani Dhal
Facebook Link

– राजबाबु श्रेष्ठ ‘सागर’

जेठोदाइ आउँदा
कूचो लगायौ तिमीले
तर अहँ कूचो होइन
दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।

नाराउखान र हावाहुरीको
भुँवरी चलायौ तिमीले
पलाएका समृद्धिका पखेटाहरू पनि
सबैसबै भाँच्यौ
तर अहँ कहिल्यै रोपेनौ तिमीले
वातावरणका एउटै हरियो बिरुवा पनि ?

केवल उडायो सपनाहरू शहीदका
अनि रोप्यौ भ्रमका विषालु ऐंशेलु कँडाहरू
र उमार्यौ तिमीले
तीखातीखा खिया लागेका काँटीहरू
जसले रोपिएर हजारौँ समृद्धिका
कलिला पाइतालाहरू आज रकाताम्मे भएर
टिटानसको विषालु विषले कुहिरहेछन्
दह सुकेर माछा कुहेझैँ ।

जबसम्म
बालुवाटार र सिङ्गो दरबारमा
भाले र पोथी मिलेर कोरल्छन्
प्रदूषणका कुहेका चल्लाहरू
जबसम्म देश भक्तका बादल मडारिएर
वर्षेर भिज्दैन देहावसान भएका बारीका डल्लाहरू
तबसम्म फेर्न सक्दैनन् सास आरामले फोक्सोबाट
ती डाँडाकाँडा, भीरपाखा, पर्वत र तराइका
अग्राख, धुपी र सल्लाहरू ।

फेरि म कसरी फेर्न सक्छु
स्वच्छ वातावरणको फोक्सोबाट
त्यो शुद्ध अक्सिजन ए मनुवाहरू ?
जबसम्म
बालुवाटर र सिङ्गो दरबारबाट बहिरहन्छ
कुहिएका सिनुका दुर्गन्धहरू
मेरै फोक्सोको कुलेसोभएर ।

  • महोत्तरी, गौशाला न. पा. १
X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

वि.सं.२०८१ फागुन ११ आइतवार ०९:३५

काठमाडौं: अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको...

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:१०

काठमाडौं: वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध...

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

वि.सं.२०८१ माघ २३ बुधवार १२:५२

काठमाडौं: व्यवसायी वर्षा कुँवरले 'मिसेस व्यूटी क्वीन नेपाल २०२५' को...

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

वि.सं.२०८१ मंसिर ६ बिहीवार ०८:५८

काठमाडौं: ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको...

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ११:२३

काठमाडौं: गायक विजय थापाको स्वरमा रहेको 'शिव शंकर'भजनको म्यूजिक भिडियो...

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

वि.सं.२०८१ भदौ २ आइतवार १३:४२

काठमाडौं: ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी...