Health Ad
YouTube Link

सकियो तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव

Khanepani Dhal
Facebook Link

काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०६७” सम्पन्न भएको छ ।

महोत्सवको अन्तिम दिन चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । २० वटा चलचित्र मध्येबाट बिभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो । जसमा छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ उत्कृष्ट घोषित भयो भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट भयो ।

त्यस्तै अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जिते । त्यसैगरी उत्कृष्ट निर्देशक विधामा जसु गुरुङले उपाधि हात पारे भने उत्कृष्ट चलचित्र ‘के'(च्याब्रुङ)ले उपाधि जित्न सफल भएको छ ।

त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र “रिजेनासा”ले प्राप्त गरेको छ । सफल र उत्कृष्ट चलचित्रलाई प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले प्रदान गरेका थिए । उत्कृष्ट र उपाधि विजेता चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजित राई लगायत उपस्थित अतिथिहरुले बधाई तथा शुभकामना दिए ।

तस्बीर: नेवा फिल्म सोसाईटी (बीरेन्द्र बज्रचार्य)को फेसबुकबाट

 

 

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

वि.सं.२०८१ फागुन २० मंगलवार ११:३६

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मच्छिन्द्र एफसीले...

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

वि.सं.२०८१ फागुन ११ आइतवार ०९:३५

काठमाडौं: अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको...

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:१०

काठमाडौं: वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध...

नेपाल उसु महासंघको तर्फबाट उसु खेलाडीहरूको विशेष प्रदर्शनी

नेपाल उसु महासंघको तर्फबाट उसु खेलाडीहरूको विशेष प्रदर्शनी

वि.सं.२०८१ फागुन ४ आइतवार १२:०२

चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना...

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

वि.सं.२०८१ माघ २३ बुधवार १२:५२

काठमाडौं: व्यवसायी वर्षा कुँवरले 'मिसेस व्यूटी क्वीन नेपाल २०२५' को...

सभापति कप फुटबलको उपाधि संकटाले उचाल्यो (झलकहरु)

सभापति कप फुटबलको उपाधि संकटाले उचाल्यो (झलकहरु)

वि.सं.२०८१ माघ १८ शुक्रवार १२:१६

काठमाडौं: नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा...