YouTube Link

सकियो तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव

Facebook Link

काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०६७” सम्पन्न भएको छ ।

महोत्सवको अन्तिम दिन चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । २० वटा चलचित्र मध्येबाट बिभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो । जसमा छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ उत्कृष्ट घोषित भयो भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट भयो ।

त्यस्तै अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जिते । त्यसैगरी उत्कृष्ट निर्देशक विधामा जसु गुरुङले उपाधि हात पारे भने उत्कृष्ट चलचित्र ‘के'(च्याब्रुङ)ले उपाधि जित्न सफल भएको छ ।

त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र “रिजेनासा”ले प्राप्त गरेको छ । सफल र उत्कृष्ट चलचित्रलाई प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले प्रदान गरेका थिए । उत्कृष्ट र उपाधि विजेता चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजित राई लगायत उपस्थित अतिथिहरुले बधाई तथा शुभकामना दिए ।

तस्बीर: नेवा फिल्म सोसाईटी (बीरेन्द्र बज्रचार्य)को फेसबुकबाट

 

 

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...