देवकुमार तामाङको ‘बासडोल नाम्सा’ गीतको म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०७८ माघ १९ बुधवार १७:३७

काठमाडौं: गायक तथा सुई देवकुमार तामाङको स्वरमा रहेको ‘बासडोल नाम्सा’ गीतको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।
युट्युबबाट सार्वजनिक भएको गीतको शब्द राजकुमार दोङ तामाङको रहेको छ भने सङ्गीत संयोजन बुद्ध स्याङ्बाको रहेको छ ।
गीतमा तामाङलाई वरिष्ठ गायिका इन्दिरा गोलेले स्वरमा साथ दिएकी छिन् ।
म्यूजिक भिडियोमा पाल्देन लामा‚ प्रताप लामा‚ कृष्ण वाइबा‚ गङ्गा घलान‚ कमला तामाङले अभिनय गरेका छन् भने म्यूजिक भिडियोको निर्देशन‚ छायाङ्कन तथा सम्पादन सुमन तामाङले गरेका छन् ।
गीत अनुसार भिडियोमा प्रेमीप्रेमिकालाई पिरती जोड्ने प्रयास गरिएको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार १७:३७