YouTube Link

नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको चौथो सिजन आउँदै

हालसम्म नेपाल आईडलको उपाधि बुद्ध लामा, रवि ओड र सज्जा चौलागाईले जितेका छन्

Facebook Link

काठमाडौं: नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने भएको छ ।

 

एपीवान टेलिभिजनबाट प्रशारण भईरहेको उक्त शो केही समयदेखि बन्द रहेको थियो ।

 

नेपाल आइडलका हेड निर्देशक सुरेश पौडेलले नेपाल आइडल अब नयाँ प्रतिभाको खोजी  गर्दै पुनः प्रसारणमा आउने जानकारी गराएका छन् ।

 

पौडेल भने- ‘फ्रेन्चाइजको अनुमति ३ वर्षको थियो । त्यो सकिएपछि चौथो गर्ने वा नगर्ने दुबिधा थियो । अहिले फ्रेन्चाइजको मौखिक अनुमति पाइसकेका छौँ । लिखित अनुमति प्राप्त भएपछि हामी चौथो सिजनको काममा लाग्नेछौँ ।’

 

शो का लागि केही दिनमा नै लिखित अनुमति पत्र प्राप्त हुनासाथ चौथो सिजनको प्रोमो सार्वजनिक गर्ने समेत पौडेलले बताए ।

 

यस पटकको शोमा भने निर्णायकहरु फेरिने भएको छ । फ्रेन्चाइज गायन रियालिटी शो रहेको ‘आइडल’ पहिलो सिजनबाट नै चर्चामा आउनुका साथै यस रियालिटी शोलाई  दर्शकले अत्यधिक रुचाएका थिए ।

 

शो को सुरुदेखि तेस्रो सिजनसम्म गायिका इन्दिरा जोशी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, संगीतकार न्ह्यु बज्रचार्य निर्णायकको रुपमा थिए ।

 

हालसम्म नेपाल आईडलको उपाधि क्रमशः पहिलो सिजनमा बुद्ध लामा दोस्रो सिजनमा रवि ओड र तेस्रो सिजनमा सज्जा चौलागाईले जितेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...