YouTube Link

प्रविण र अनिशा बने मोडल हन्ट नेपाल सिजन ६ का विजेता

Facebook Link

काठमाडौं: सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधिक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ ।

 

काठमाडौंस्थित पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न सो प्रतियोगितामा प्रविण चापागाई र अनिशा शाक्यले विजेताको ट्रफी उचाल्न सफल भए । ३४ जना युवा एवं ३२ जना युवतीवीचको उक्त प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर अन्तर्राष्ट्रिय स्तरको र्याम्प सेटअपमा आ आफ्नो मोडलिङ सीप र कलालाई प्रस्तुत गरेका थिए ।

 

प्रतियोगिताको फस्ट रनर अपतर्फ मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ तथा सेकेन्ड रनर अपतर्फ अनुप कार्की र परितोषिका पन्त विजेताका रुपमा छनौट भएका थिए । ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिी मिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

 

यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर बेष्ट फिगर, गणेश राज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भएका थिए ।

 

नेक्स्ट मोडल्स नेपालको ब्यानर अन्तर्रत रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन भएको मोडल हन्ट नेपालका मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्य हुन् भने प्रतियोगिता शाक्यकै संचालनमा सम्पन्न भएको हो । प्रतियोगितामा आईसी ग्रुप, नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कान्तिपुर टेलिभिजनका कार्यकारी निर्माता एवं संचारकर्मी सुरज सिंह ठकुरी, संचारकर्मी एवं पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्ने क्रममा ¥याम्प मोडलिङका विविध आयाम र व्याकरण देखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यवासायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गर्ने क्रममा करिब पाँच साताको ग्रुमिङ एवं प्रशिक्षण पश्चात् मोडल हन्ट नेपाल सीजन ६ को फाइनल प्रतिस्पर्धा विधिवत् रुपमा सम्पन्न भएको हो ।

 

प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक, लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन् ।

 

 

 

 

 

 

चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई हराउँदै नेपालले उचाल्यो थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...