Texas College
YouTube Link

चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई हराउँदै नेपालले उचाल्यो थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि

Facebook Link

काठमाडौं: घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो ।

 

नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले एक-एक गोल गरे ।

 

दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

 

बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए ।

 

खेलको १७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङको हेडरलाइं अनिसुर रहमानले बचाए ।

 

१८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए ।

 

सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

 

राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् ।

 

उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए ।

 

बंगलादेशविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्जोकले आफ्नो दोस्रो खेलमै गोल गर्न सफल भएका हुन् ।

 

खेलको ३०औं मिनेटमा अन्जन विष्टले गोलरक्षक अनिसुर रहमानलाई बिट गर्दै गरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

 

४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।

 

रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

 

दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा एक गोल बेहोर्यो ।

 

खेलको ८९औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज महर्जन मैदान प्रवेश गर्दै आफ्नो अन्तिम खेल खेले ।

 

उनले निर्धारित समयको एक र इन्ज्युरी समयको थप गरिएको अन्तिम ६ मिनेट नेपाली टोलीको कप्तानी गरे ।

 

विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो ।

 

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो ।

 

बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

 

च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

 

नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो ।

 

समग्रमा नेपालको यो पाँचौ उपाधि हो ।

 

यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो ।

 

प्रशिक्षक बालगोपाल महर्जनको कप्तानीमा गत वर्ष नेपालले सागको उपाधि जितेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...