‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ दर्शकमाझ आउँदै
वि.सं.२०७७ माघ ९ शुक्रवार ११:३४
1.5K
shares
काठमाडौं: मंगलबारदेखि दर्शकमाझ नयाँ हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ को प्रसारण हुने भएको छ ।
योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८:३० बजेदेखि प्रसारण हुन लागेको हो । यो श्रृंखला यूट्युबबाट पनि प्रसारण हुनेछ ।
समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।
गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलामा ज्ञानकुमार कट्टेलको निर्देशन छ । श्रृंखलामा हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ दुई श्रीमतीको श्रीमानको को भूमिकामा देखिँदैछन् ।
श्रृंखलामा गोपालसहित शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारको अभिनय रहनेछ ।
काठमाडौंको काभ्रेस्थली (भेडीगोठ) क्षेत्रमा छायांकन गरिएको यो श्रृंखलाका छायांकार राजु श्रेष्ठ गरेका छन् ।
वि.सं.२०७७ माघ ९ शुक्रवार ११:३४




















