दुई सृजना
वि.सं.२०७७ असोज २७ मंगलवार ०७:०२
1.8K
shares
नयाँ सृजनाहरुलाई पनि प्रोत्साहन गर्ने हाम्रो उदेश्य भएकोले आजको श्रृङ्खलामा निशान किरातीको विलकुलै दुई नयाँ सृजनाहरु पस्केका छौँ । यी सृजनाहरु लेखकको स्वतन्त्र अभिव्यक्ति हो ।
१)
देख्छु यहाँ धनी–गरिबबीच कति भेदभाव असमानता
किन परिवर्तन हुदैन र बनाउदैन शाषकले समानता ।
दुःख लाग्छ मानिसको विचार देखेर, छक्क परेको छु
यति ठूलो निच–व्यवहार मानिसमा बनाए कस्ले भिन्नता ।
काटे रातै रगत सबैको केही छैन फरक सबै मिल्दछ
शाषकको चालढालले उब्जेको छ यो समाजमा खिन्नता ।
भाइ–भाइमा हुन्छ बेमेल यहाँ, साना कुरामा फुट्दछन्
देख्छु बरु सारा पशुपंछीमा अटुट, अपार सदभाव मित्रता ।
एउटै आमाको सन्तान पनि हुँदारहेछन् दुश्मन सरह
गाह्रो छ समाजमा जिउँन–रहन, सोच्छ मनले मिल्न त ।
२)
फूलहरु त मौसम अनुसार फुल्दा रहेछन्
सुन्दर फुलबारीमा मनहरु झुल्दा रहेछन्
अचम्म मान्नु हुन्न यो दुनिया संसारमा
मार्सी धान पानी बीना पनि झुल्दा रहेछन् ।
आशाहरु जीवनदेखि विलिन हुदै जाँदा
कसैको आगमनले मन फेरि खुल्दाा रहेछन्
माया देखाई कसैले धोका दिएर जाँदा
विना कारण भित्री मन–मुटुहरु जल्दा रहेछन् ।
रुन्न भन्थे कहिले चोटहरु सहेर पनि
परेलीबाट आँसु निस्केपछि रुनु पर्दाे रहेछ
फूल फक्रिन नपाउँदै कोपिलाहरुलाई
यी स्वार्थी भमराहरुले चुस्दा रहेछन् ।
वि.सं.२०७७ असोज २७ मंगलवार ०७:०२



















