अभिलाषा = फेसबुक
वि.सं.२०७७ साउन ३१ शनिवार १६:१३
1.4K
shares
उहिले निक्कै पहिले
मैले
तिमीलाई चिनेको हुँ
अथवा हाम्रो औपचारिक परिचय थियो
किनकी बरगाछीको स्कूल जाँदा
झोला लुकाएर बाल्यकालमा
संगै लुकमारी खेलेकै हौ
तर अचानक समयले
कोल्टे फेरेपछी
हामी उत्तर दक्षिण भएछौ
हामी पूर्ब पश्चिम बाडिएछौ
अनि ब्यावहारले
थिचिएर/किचिएर
कता हो कता
यो गुल्जार संसारमा
हामी हराएछौ
संगसंगै सम्झना पनि हराएछौ
त्यसैले त हामीले
एकअर्कालाई बिर्सीयौ
समय चक्रले अचानक
फेसबुक जन्मायो
र हामी सदस्य बन्यौ त्यसको
र त्यही फेसबुकको साईबर भित्तामा
एकले अर्कालाई रङ्गिन तस्बिरमा
फेरि देख्यौ
फेरि भेट्यौ
हो कि होइन भनेर
फेरि आज पुनर्परिचय गरेर
चिनाजानी गर्यौ
अस्ति तिमीले चाटिङमा
मानेडाँडा उक्लेको
सम्झना उप्कायौ
मैले पनि जरुवा खोलको पानीमा
पौडी खेलेको याद दिलाए
तब ढुक्क भयौ
हामी त्यही टंके …रहेछौ
सायद अब हाम्रो जीवन
यसरी नै
च्याटमा चल्ने छ
म्यासेजमा चल्ने छ
भ्वाईस मेलमा चल्ने छ
वेबक्याममा चल्ने छ
किनकी सशरिर भेट्ने
फुर्सद छैन हामीसंग
त्यसैले यहि फेसबुकको भित्ताबाट
जन्मदिनको शुभ कामना
नयाँ बर्षको शुभ कामना
चाडबाडको शुभ कामना मात्र नभएर
अनेकौ बधाई टक्र्याउदै
हाम्रो अभिलाषा फेसबुकले
पुरा गरिदिदै आएको छ।
सायद अब मित्र
अन्तिम सत्यको शन्देश
नचाहेर पनि कुनै दिन
RIP लेख्न बाध्य हुनुपर्छ होला।
वि.सं.२०७७ साउन ३१ शनिवार १६:१३




















