YouTube Link

गद्दार सत्ताधारीहरु

Facebook Link

निखुर
कालो घोडाको टाप बच्छ
ट्वाक – -ट्वाक – – ट्वाक
मर्त्यलोकबाट
मूर्दा मानवहरु कराइरहेछन्
उठाउ – – उठाउ – –
यो अधकल्चो देश
तमासा हेर्दै
ताली बजाइरहेछन्
राष्ट्र लुट्न पल्केका
गद्दार सत्ताधारीहरु

हिमपहिरो गएर देश
खैराते डाँडाजस्तै देखिन्छ
डडेलो लागेर देश
उजाठ, उराठ देखिन्छ
अन्यन्त्रित कानुन, व्यवस्था
स्लो पोइजन बनेर
प्यारलाईसिस बनाइरहेछ
गिद्दीहरुलाई
मगज खलबलिएर
जालो बुन्न छोडेको माकुरोजस्तै
ट्वाँ परेर हेरिरहेछन
वफादारिता पाएका
गद्दार सत्ताधारीहरु

दुर्योधन उत्साहित छ
सकुनी पासा खेल्ने खाल
निर्माण गर्नमा व्यस्त छ
रावण अपहरणमा तल्लिन छ
कंस नावालक हत्यामा
निपूण बन्दैछ
यो मानव वस्तिभित्र
मानविय दानवहरु चिच्याइरहेछन्
यसरी नै बढ्दै गएर
एकदिन यी जनताहरु भुटिदिनेछौँ
एकदिन यो देश बेचिदिनेछौँ
गद्दी उल्टिने त्रासले
कानमा बुचो हालेर
नसुनेको अभिनय गर्दै
चुपचाप-चुपचाप बसिरहेछन्
गद्दार सत्ताधारीहरु

देश डुब्नलाई
सुनामी किन चाहियो र ?
देश निल्नलाई
ब्ल्याक होल किन चाहियो र ?
देश तहस-नहस पार्नलाई
घन, झ्याम्पाल, हम्मर, गैंती
क्षेप्यास्त्र किन चाहियो र ?

र पनि – – –
बाघको छाला ओढेर
बाघ बन्न खोज्छन्
हात्तीको देखाउने दाँतजस्तै
देखिन्छन् ठाउँ-ठाउँमा
दिन हिच्किचाउदैनन् दर्शन
गर्न छोड्दैनन्
शान्ति/राष्ट्रियताको कुरा
सुन्दर परिवर्तन/परिकल्पनाको कुरा
सुन्दर संरचना/परिचालनको कुरा
लाज पचेका गद्दार सत्ताधारीहरु ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...