लकडाउन जेठ २० सम्म लम्ब्याइयो
वि.सं.२०७७ जेठ ५ सोमवार ०८:३३
1.5K
shares
काठमाडौं: सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गतेसम्म जारी लकडाउनलाई अरु १५ दिन थपेर २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरिएको हो । बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय पनि गरेको छ । यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।
चैत ११ गतेदेखि लगातार जारी लकडाउनो पटक-पटक समय थपेर जेठ ५ सम्म बनाइएको थियो । लकडाउनलाई व्यवस्थित र कडा बनाउने निर्णय पनि बैठकले गरेको छ ।
वि.सं.२०७७ जेठ ५ सोमवार ०८:३३



















