दिवेश पोख्रेल अमेरिकन आइडलको टप टेनमा चयन
वि.सं.२०७७ वैशाख २२ सोमवार १०:४७
काठमाडौं: नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको टप १० मा पर्न सफल भएका छन् । जारी रहेको अमेरिकन आइडलको सो मा उनी टप टेनमा पर्न सफल भएका हुन् । उनले टप टेपमा छनोट भइसकेपछि टेक मी होम बोलको गीत गाएका थिए ।
आफ्नो प्रस्तुती सकिए लगत्तै खुसी भएका पोख्रेलले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत संसारभरबाट आफूलाई मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् । उनको विजयमा खुसी हुँदै नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले एक फेसबुक स्ट्याटस लेख्दै दिवेशले नेपाली डायस्पोरालाई गर्व गर्ने बनाएको उल्लेख गरेका छन् । आफ्नो सो अघि दिवेशले मोमो बनाएको देखाएर आफ्नो कल्चरको बारेमा अमेरिकी टिभी मार्फत जानकारी दिएकोमा पनि पूर्वराजदूतले प्रशन्नता व्यक्त गरेका छन् ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १०:४७