YouTube Link

बिदेशबाट पैतीस हजार नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याइने

Facebook Link

काठमाडौं: नेपाल सरकारले विदेशमा अलपत्र परेका मध्ये ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने कार्ययोजना तयार गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सरोकारवाला मन्त्रालयका सचिव, महानिर्देशकहरु तथा सहसचिवहरु सम्मिलित बैठकमा यस्तो कार्ययोजना प्रस्तुत गरेका हुन् ।

विदेशमा भएका नेपाली तथा बैदेशिक रोजगारमा रहेका नेपालीलाई कसरी स्वदेश फर्काउने भन्ने विषयमा यसअघि गठन भएको अध्ययन समितिका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले सो कार्ययोजनासहितको प्रतिवेदन पेश गरेका थिए । बैठकमा श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयका सचिव र मातहतका महानिर्देशकको सहभागिता थियो ।

कार्यदलले विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युवालाई पहिलो चरणमा, रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने दोश्रो चरणमा र बिदामा आउन चाहनेलाई तेस्रो चरणमा राखेको छ । ओभर स्टे भई विदेशमा अलपत्र परेका युबालाई सम्बन्धित देशले नेपाल फर्काइ दिने र पछि रोजगारीका लागि ती देश जान चाहनेलाई कानुनी अड्चन नराख्ने भएकोले पहिलो चरणमा राखेर नेपाल ल्याउनुपर्ने भएको मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवाली भने- ‘करिव ३ लाख युवालाई अन्तराष्ट्रिय एयरपोर्ट खुलेपछि स्वदेश ल्याउने र त्यतिन्जेलमा देशभित्र नै रोजगारी सिर्जना गर्ने तवरले अध्ययन, छलफल चलिरहेको छ ।’ अहिले खाडी राष्ट्रमा रोजगारीमा रहेका युवालाई जो जहाँ छन सुरक्षित रहन र बस्न दिन प्रधानमन्त्री र मन्त्रीस्तरमा सम्बन्धित देशका काउन्टर पार्टसग फोनवार्ता पनि भइरहेको छ । मन्त्री ज्ञवालीको भनाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...