YouTube Link

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

Facebook Link

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको ‘स्पोर्ट्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित सम्पन्न भएको छ ।

 

‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’ पावार्ड बाइ र ‘निभिया’ सह-प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो । स्पोर्ट्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरिएको थियो ।

 

 

प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिएका थिए । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोली ‘डाँफे’ विजेता बन्न सफल भयो । क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा गुप्ता ‘बेस्ट ब्याटर’ र मोनिका तामाङ ‘बेस्ट फिल्डर’ घोषित भए ।
त्यस्तै अन्य विधातर्फ रनिङ (दौड) मा सन्ध्या लामा प्रथम, अञ्जु परियार दोस्रो र शिल्पा न्यौपाने तेस्रो स्थान हासिल गर्न सफल रहे।

 

 

स्किपिङमा प्रियशिखा खड्का तथा ब्लाइन्ड थ्रोमा नेहा गुप्ताले उपाधि चुमे । यस्तै फुटबल पेनाल्टी सुट र बास्केटबल दुवै विधामा बिन्दु थापा राणाले दोहोरो जित हात पार्दै आफ्नो दबदबा कायम गरिन् । सुन्दरीहरूले सौन्दर्य र बौद्धिकताका साथै खेलकुदमा पनि आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए । आयोजक रिबन इन्टरटेनमेन्टका अनुसार यस्ता अतिरिक्त गतिविधिहरूले प्रतियोगीहरूमा आत्मविश्वास, टोली भावना र शारीरिक फिटनेस अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...