YouTube Link

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानलाई नेपालले ५ विकेटले पराजित गरेको छ । कुशल भुर्तेल र ललित नारायण राजवंशीको उत्कृष्ट बलिङमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले अफगानिस्तानलाई हराएको यो पहिलो पटक हो ।

 

जितको लागि १०३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । दुई ओपनर कुशल र आशिफ शेख आउट हुँदा नेपालले १२ रन मात्र बनाएको थियो । कुशल गोल्डेन डक आउट हुँदा आशिफ २ रनमा आउट भए । लगत्तै कुशल मल्ल पनि ९ रन जोडेर पबिलियन फर्किए । यसपछि सन्दीप जोराले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित ३४ रन बनाए । उनी रन आउट भए । १० ओभरको समाप्तीमा नेपालले ४ विकेट गुमाउँदै ५६ रन बनाएको थियो । यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले पाँचौं विकरटको लागि ४६ रनको साझेदारी गरे । दीपेन्द्र १५ रन बनाएर आउट भए । रोहित अविजित ३३ रनमा रहँदै नेपाललाई जित दिलाए । बलिङमा फारिदुन दोओदजाइ, अब्दुल्लाह अहमदजाई र अरब गुलले १/१ विकेट लिए ।‌

 

यसअघि कारोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले टस जितेर रोज्यो । अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनायो । ललितले पहिलो क्रमका तीन अफगानी ब्याटरलाई आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ओपनर हसन इसाकिललाई डक आउट गर्दा अर्का ओपनर मोहम्मद एकरामलाई २ रनमा र करिम जन्नतलाई ९ रनमा पबिलियन बाटो देखाउन ललित सफल रहे । १६ रन जोड्दा अफगानिस्तानले तीन विकेट गुमायो ।

 

यसपछि कुशल भुर्तेलले लगातार चार विकेट लिए । ३० रन जोडेका फैजल खान दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट गराए । ७ रन बनाएका मोहम्मद इशाक एलबीडब्लु धरापमा परे । कुशलले कप्तान डार्विस रसोलीलाई गोल्डेन डक आउट गरे। उनी पनि एलबीडब्लु आउट भए । यसपछि ३० रन बनाएका नाजिबल्लाह जर्डानलाई कुशललर करणद्वारा कमयाच आउट गराए । त्यतिखेर अफगानिस्तानले ७ विकेटको नोक्सानीमा ९५ रन बनाएको थियो । बलिङमा कुशलले ४ ओभरमा १ मेडन सहित मात्र २१ रन दिएर ४ विकेट लिए । ललितले ४ ओभरमा १३ रन दिएर ३ विकेट झारे ।

 

एसियन गेम्समा जितबाट सुरू गरेको नेपालको यो जित विशेष पनि बन्यो । टी-ट्वान्टी आईमा दोस्रो पटक अफगानिस्तानसँग खेल्दा नेपालको यो पहिलो जित पनि बन्यो ।‌ यसअघि सन् २०१४ को विश्व कपमा अफगानिस्तानसँग नेपाल ९ रनले हारेको थियो । नेपालले भोलि जापानसँग खेल्नेछ । समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले हराएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...