YouTube Link

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट, १२ लाख ९५ हजार भन्दा बढी आवेदकको हात खाली

Facebook Link

काठमाडौं: बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट गरेको छ ।

 

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५ सय ३० आवेदकले आवेदन दिएका थिए ।

 

आवेदन दिएकामध्ये पाँच हजार ७ सय २८ को आवेदन रद्द भएको छ ।

 

योग्य कायम भएका १५ लाख ५९ हजार ८ सय २ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ ।

 

योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार ७ सय लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलले जानकारी दिएको छ ।

 

मेगा क्यापिटलका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८ सय ३० आवेदक हात खाली भएका छन् ।

 

कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

 

जसमध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

 

बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

 

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

 

कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण गरिएको छ ।

 

आइपिओको नतिजा मेरो शेयर, सिडीएसले आइपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

 

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट काठमाडौं जिल्ला शाखामा सुवेदीको प्यानल विजयी {मत परिणाम सहित}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...