Texas College
YouTube Link

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

Facebook Link

काठमाडौं:  नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल निर्वाचित भएका छन् ।

 

निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् ।

 

पोखरेलका निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत र अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।

 

महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन बनाएर लडेका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।

 

अर्कोतर्फ एमाले सम्बद्ध प्रेस चौतारी र जनता समाजवादी पार्टी सम्बद्ध नेपाल प्रेस मञ्चले गठबन्धन बनाएर निर्मला शर्माको नेतृत्वको प्यानल खडा गरेका थिए । सो गठबन्धनले प्रदेश १ को एउटा केन्द्रीय सदस्य र प्रदेश दुईको दुवै सदस्य तथा नेतृत्व जितेका छन् ।

 

महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रोशन पुरीले जितेका छन् ।

 

यो पनि पढ्नुहोस् :

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट काठमाडौं जिल्ला शाखामा सुवेदीको प्यानल विजयी {मत परिणाम सहित}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

वि.सं.२०८० जेठ ६ शनिवार ११:४४

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठले संसदमा...

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

वि.सं.२०८० जेठ ६ शनिवार १०:३४

  विराटनगर: एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक...

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

वि.सं.२०७९ साउन ८ आइतवार ११:३१

झापा : झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०७९ साउन ८ आइतवार १०:३५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ ।...

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

वि.सं.२०७९ वैशाख १८ आइतवार १६:१६

  काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको...

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३

    काठमाडौँ । आफूभन्दा कनिष्ठलाई सरकारले आईजीपी बनाएपछि दुई...