Texas College
YouTube Link

एक्सेल डेभलपमेन्ट बैंकको कोभिड केयर लोन योजना

Facebook Link

काठमाडौं:  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले किस्ताबन्दीमा तिर्न सकिने सुविधा सहितको कर्जाको नयाँ स्किम सार्वजनिक गरेको छ । बैंकले कोरोना भाइरस रोगका कारण नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले रु १० लाखसम्मको इडीबीएल्स कोभिड केयर लोन योजना सार्वजनिक गरेको हो ।

 

संक्रमण फैलन नदिन आवागमन अवरुद्ध भएको तथा बैंकका शाखाहरु नियमित रुपमा संचालन हुन नसकिरहेको हालको अवस्थालाई मध्यनजर गर्दै कोभिड केयर कर्जा लिन चाहने ग्राहकहरुले बैंकको वेबसाइटमार्फत अनलाइन वा ९८०२७–६०६६६ मा मिसकल गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

कर्जा स्वीकृत वा अस्वीकृत भएको जानकारी ग्राहकलाई १२ घण्टाभित्र उपलब्ध गराई ४८ घण्टाभित्र ग्राहकबाट आवश्यक कागजातहरु लिई प्रक्रृया पूरा गरी उक्त कर्जा प्रदान गरिने साथै कर्जाको भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 

यस कर्जा सुविधाअन्तर्गत ग्राहकहरुलाई आफ्नो तथा आफ्नो परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्म रकम ६ महिनाको ग्रेस अवधि समेत गरी अधिकतम ५ वर्ष अवधिका लागि मासिक समदर किस्तामा तिर्न सकिने गरी वार्षिक ९.०० प्रतिशत व्याजदरमा सेवा शुल्क ०.५० प्रतिशतमात्र लिई प्रदान गरिने बैंकले जनाएको छ ।

 

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठयारो पर्दा उपचारका लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने र जीवन रक्षामा मद्दत पुग्ने एक्सेल डेभलपमेन्ट बैंकले आशा गरेको छ ।

 

यो पनि पढ्नुहोस् :

मुक्तिनाथ विकास बैंक लिमीटेडले मिस्ड कल बैंकिङ् सेवा सञ्चालन

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...