महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालन
वि.सं.२०७८ जेठ ८ शनिवार १४:२४
2.1K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले २७औं वार्षिक उत्सवको अवसरमा ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना सञ्चालनमा ल्याएको हो ।
यस योजना अन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकले जठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १०० रुपैयाँ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्युआरकोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस् :
माछापुच्छ्रे बैंक लिमिटेडले अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख रुपैया सहयोग
वि.सं.२०७८ जेठ ८ शनिवार १४:२४


















