YouTube Link

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

Facebook Link

काठमाडौं: ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ को सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गतको यो खेल कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रन लागेको नेपाली टोलीका लागि प्रतियोगिताको सुरुआत नै कठिन चुनौतीका रूपमा देखिएको छ । नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’ सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता बलिया टोली छन् । आज नै बिहान ११:४५ बजे समूह ‘बी’ को पहिलो खेलमा पाकिस्तान ‘ए’ र यूएई भिड्दैछन् ।

 

अनुभवी तीव्र गतिका बलर सोमपाल कामी घाइते भएर प्रतियोगिताबाट बाहिरिएपछि उनको स्थानमा लेफ्ट आर्म पेसर प्रतिश जी.सी. तथा ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमा समावेश गरिएको छ । नेपाली टोलीमा कप्तान सन्दीप र प्रतिशसँगै कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम र मयन यादव रहेका छन् ।

 

तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनुभव बटुलेका खेलाडीको बाहुल्यता छ । कप्तान तिलक र उपकप्तान रिंकु सिंहसँगै आक्रामक ब्याटर अभिषेक शर्मा तथा युवा ब्याटर वैभव सूर्यवंशी टोलीका प्रमुख आकर्षण हुन् । भारत ‘ए’ को टोलीमा विकेटकिपर ब्याटरका रूपमा प्रभसिमरन सिंह र कुमार कुशाग्र रहेका छन् भने अलराउन्डरमा सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियन समेटिएका छन् । बलिङतर्फ हर्षित राणा, प्रिन्स यादव र अर्शद खानजस्ता तीव्र गतिका बलर छन् ।

 

तीव्र गति र स्पिन दुवै बलिङ विकल्प तथा आक्रामक ब्याटिङ लाइनअप भएको भारत ‘ए’ विरुद्ध नेपालले सुरुवातदेखि नै कसिलो बलिङ र अनुशासित ब्याटिङमार्फत दबाब बनाउने रणनीति अपनाउनुपर्ने देखिन्छ । समूह चरणमा नेपालले भारत ‘ए’ पछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । ८ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन् । सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१

काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको...

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:०४

हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा शुक्रबार बिहान काठमाडौंस्थित पशुपतिनाथ...

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:४६

काठमाडौं: कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको...

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:३६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

वि.सं.२०८३ मंसिर १ मंगलवार १४:१०

काठमाडौं: स्वरुप परिवर्तन गरेर सडक र समाजलाई अशान्त पार्ने बुलेटलगायतका...

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका...