माछापुच्छ्रे बैंक र नेपाल भेटेरिनरी संघबिच सम्झौता
वि.सं.२०७७ मंसिर १० बुधवार १६:२२
1.5K
shares
काठमाडौं: माछापुच्छ्रे बैंक र नेपाल भेटेरिनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ् सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडा र नेपाल भेटेरिनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।
बैंकले सम्झौता पश्चात नेपाल भेटेरिनरी संघसंग आवद्ध सदस्यहरुलाई सरल र सहज बैंकिङ् सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ् सुबिधामा बिशेष सहुलियत प्रदान गर्नेछ ।
माछापुच्छ्रे बैंकले पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ् सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ मंसिर १० बुधवार १६:२२



















