सिद्धार्थ बैंक लिमिटेडद्वारा पाँच लाख सहयोग
वि.सं.२०७७ भदौ २२ सोमवार १६:२२
1.5K
shares
काठमाडौं: सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत दायित्वलाई ‘दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप’ अभियानका लागि पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकको यस सहयोगबाट केहि हदसम्म राज्यको नीति निर्माणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदैँ जाने जनाएको छ ।
वि.सं.२०७७ भदौ २२ सोमवार १६:२२



















