YouTube Link

उद्योगीले पिडिओ नलिएपछि बजारमा खान पकाउने ग्यासको अभाव

World Cup 2026
Facebook Link

काठमाडौं: ग्यास उद्योगीले पिडिओ लिन वन्दगरेपछि बजारमा खाना पकाउने ग्यास अभाव देखिएको छ । नेपाल आयल निगम र उद्योगीले बजारमा ग्यासको अभाव हुन नदिने बताएपनि उपभोक्ताले भने ग्यास नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

कमिसन र मूल्य समायोजनको मागसहित शुक्रवारदेखि ग्यासको पिडिओ लिन बन्द गरेपनि बजारमा ग्यासको अभाव सृजना हुन नदिने निगमले दावी गरेको थियो । तर, बजारमा ग्यासको मूल्य तत्काल वृद्धि नहुने र कृतिम अभाव सृजना गर्नेलाई कडा कारवाही गर्ने चेतावनी पनि निगमले दिएको थियो ।

निगमको चेतावनीका बाबजूद पनि उद्योगीले पिडियो लिन बन्द गरेकै अर्को दिनदेखि बजारमा ग्यास अभाव देखिन थाल्नुले निगमको कार्यशैलीप्रति प्रश्न उब्जिएको छ । त्यस्तै, उद्योगीले पनि आफ्नो माग सरकार र निगमसँग भएकाले बजारमा ततकाल अभाव सृजना नगर्ने बताउदै आएपनि भोलिपल्टै ग्यास अभाव देखिनुले उद्योगी पनि उपभोक्ताप्रति उत्तरदायी बन्न नखोजेको प्रस्ट भएको छ ।

बजारमा ग्याको कृतिम अभाव भइरहँदा उपभोक्ताको चुलोसम्म जोडिने विषयमा उद्योगी, निगम र सरकार संवेदनशील नभएको प्रष्ट देख्न सकिन्छ । ग्यास नपाएको भन्दै उपभोक्ता आक्रोशित भएपछि हामीले विक्रेतालाई ग्यास किन विक्री नगरेको भनी प्रश्न गर्दा डिपोले नै ग्यास नपाठाएको विक्रेताको जवाफ थियो ।

सरकार, निगम र उद्योगीले तत्काल समस्या समाधान गरी आपूर्ती व्यवस्था सहज पार्नुपर्ने देखिन्छ । निगम र उद्योगी दुवै उपभोक्ताको दैनिकी सहजताका लागि स्थापना भएका संस्था हुन् । यसरी आम नागरिकको दैनिकीसँग जोडिएका दुबै संस्था उत्तरदायी र जवाफदेही बन्न नसक्दा उनीहरुको भूमिकाप्रति प्रश्न उब्जिएको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...