YouTube Link

उद्योगीले पिडिओ नलिएपछि बजारमा खान पकाउने ग्यासको अभाव

Khanepani Dhal
Facebook Link

काठमाडौं: ग्यास उद्योगीले पिडिओ लिन वन्दगरेपछि बजारमा खाना पकाउने ग्यास अभाव देखिएको छ । नेपाल आयल निगम र उद्योगीले बजारमा ग्यासको अभाव हुन नदिने बताएपनि उपभोक्ताले भने ग्यास नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

कमिसन र मूल्य समायोजनको मागसहित शुक्रवारदेखि ग्यासको पिडिओ लिन बन्द गरेपनि बजारमा ग्यासको अभाव सृजना हुन नदिने निगमले दावी गरेको थियो । तर, बजारमा ग्यासको मूल्य तत्काल वृद्धि नहुने र कृतिम अभाव सृजना गर्नेलाई कडा कारवाही गर्ने चेतावनी पनि निगमले दिएको थियो ।

निगमको चेतावनीका बाबजूद पनि उद्योगीले पिडियो लिन बन्द गरेकै अर्को दिनदेखि बजारमा ग्यास अभाव देखिन थाल्नुले निगमको कार्यशैलीप्रति प्रश्न उब्जिएको छ । त्यस्तै, उद्योगीले पनि आफ्नो माग सरकार र निगमसँग भएकाले बजारमा ततकाल अभाव सृजना नगर्ने बताउदै आएपनि भोलिपल्टै ग्यास अभाव देखिनुले उद्योगी पनि उपभोक्ताप्रति उत्तरदायी बन्न नखोजेको प्रस्ट भएको छ ।

बजारमा ग्याको कृतिम अभाव भइरहँदा उपभोक्ताको चुलोसम्म जोडिने विषयमा उद्योगी, निगम र सरकार संवेदनशील नभएको प्रष्ट देख्न सकिन्छ । ग्यास नपाएको भन्दै उपभोक्ता आक्रोशित भएपछि हामीले विक्रेतालाई ग्यास किन विक्री नगरेको भनी प्रश्न गर्दा डिपोले नै ग्यास नपाठाएको विक्रेताको जवाफ थियो ।

सरकार, निगम र उद्योगीले तत्काल समस्या समाधान गरी आपूर्ती व्यवस्था सहज पार्नुपर्ने देखिन्छ । निगम र उद्योगी दुवै उपभोक्ताको दैनिकी सहजताका लागि स्थापना भएका संस्था हुन् । यसरी आम नागरिकको दैनिकीसँग जोडिएका दुबै संस्था उत्तरदायी र जवाफदेही बन्न नसक्दा उनीहरुको भूमिकाप्रति प्रश्न उब्जिएको छ ।।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

१९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

१९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

वि.सं.२०८१ माघ ७ सोमवार १६:०३

काठमाडौं: २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको निष्क्रिय कर्जा  (एनपीएल)...

सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:१२

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४०...

नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पुरा गरि ८८ वर्षमा

नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पुरा गरि ८८ वर्षमा

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार ०९:०७

काठमाडौं: वि.स. १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल...

नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडियो

नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडियो

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:१५

काठमाडौं: सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।...

सुनको मूल्य बढेर तोलाकै १ लाख ६५ हजार

सुनको मूल्य बढेर तोलाकै १ लाख ६५ हजार

वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:५२

काठमाडौं: सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल...