YouTube Link

१७औ संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्री-स्टार क्लबलाई

Facebook Link

पोखरा: १७औ संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्री-स्टार क्लबले जितेको छ । विभागीय टिम आर्मीलाई पेनाल्टी सुटआउट (सडन डेथ)मा पराजित गर्दै थ्रीस्टारले पाचौं पटक आहा राराको उपाधि उचालेको छ ।

निर्धारित समयमा १-१ गोलको बराबारी र अतिरिक्त समयमा २-२ गोलको बराबरीमा खेल सकिएपछि थ्री-स्टारले आर्मीलार्इ सडन डेथमा ५-४ गोलअन्तरले पराजित गरेको हो । उपाधिसँगै थ्री स्टारले ८ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

पाँचौ, नवौ, ११औं र १३औं संस्करणको उपाधि उचालिसकेको थ्रीस्टारले गतवर्ष नेपल पुलिस क्लबसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । यसअघि पोखरा रंगशालमा भएको फाइनल खेलको पाँचौ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकी गोल गर्दौ अग्रता दिलाएका थिए ।

थ्री-स्टारले पहिलो हापको ४५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेसँगै खेल रोमाञ्चक बन्नपुग्यो । रन्जित धिमालले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा ल्याएका थिए । थपिएको समयको पहिलो हाफको अन्तिम समयमा आर्मीले फेरी अग्रता लियो । १५औं मिनेटमा गोल गर्दै अग्रता बनाउने क्रममा फ्रिकिकलाई सदुपयोग गर्यो ।

१० खेलाडीमा सिमित थ्री-स्टारले २२औं मिनेटमा फ्रिकिकलाई गोल गर्दै बारबरी बनायो । थ्रीस्टारका सुनिल बल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दश खेलाडीमा सीमित भएको थियो ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...