शेयर वजार परिसुचक नेप्सेमा यो साता करिव तीन अंकले वृद्धि
वि.सं.२०७५ फागुन १९ आइतवार ०७:४०
1.3K
sharesकाठमाडौं: शेयर वजार परिसुचक नेप्से यो साता करिव ३ अंकले वृद्धि भएको छ । यो साता २८ लाख ८१ हजार कित्ता शेयर किनवेच भएको नेप्सेमा करिव ७९ करोड ९४ लाख रुपियाँ वरावरको कारोवार भयो ।
कारोवारको रकम गतसाताको तुलनामा १९ प्रतिशतले घटेको छ । यो साताको समुहगत परिसुचक तर्फ हर्ने हो भने उत्पादमुलक समुहमा सबैभन्दा धेरै करिव ८३ अंकको वृद्धि देखिएको छ भने व्यापार समुहको सुचाङ्कमा सबैभन्दा कम अंकको गिरावट आएको छ ।
साताभर ४७ लाख ५२ हजार रुपियाँ कारोवारको कारोवार गरेको नेपाल बैंक लिमिटेड कारोवार रकमका आधारमा अग्रस्थान रहेको छ । त्यस्तै कारोवार भएको शेयर संख्याको आधारमा अपरतामकोशी अग्रस्थानमा रहेको छ भने कारोवार संख्याका आधारमा चौधरी लघुवित्तीय संस्था अग्रस्थानमा रहेका छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीले यो साता करिव १४ लाख हकप्रद शेयर जारी गरेको छ ।।
वि.सं.२०७५ फागुन १९ आइतवार ०७:४०