नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६
1.2K
shares
काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा एक लाख ४० हजार ९ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा एक सय १० रूपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६