YouTube Link

आजदेखि प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरु

Facebook Link

 

काठमाडौं: आजदेखि प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी एकीकृत कारोबार सुरु गरेको छ ।

 

यी दुई बैंकबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु गरेका हुन ।

 

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न पुस १९ गते प्रभु अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकीकृत कारोबार सुरु गरेका हुन ।

 

प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गरेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् ।

 

सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंकनै रहनेछ । प्राप्ति पश्चात् बैंकको केन्द्रिय कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहेको स्थानी, बबरमहल, काठमाडौंमै रहनेछ ।

 

प्रभु बैंकले यस वर्ष ६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४.७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

 

बोनसपछि सेञ्चुरीको चुक्तापूँजी रू. १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ । दुबै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।

 

एकिकृत कारोबारका लागि तथ्याङ्क मिलान प्रयोजनका लागि पुस २२ गतेदेखि २६ गते विहान ९:४५ बजेसम्म दुबै बैंकको केन्द्रिय कार्यालयदेखि सम्पूर्ण कार्यालयबाट प्रदान हुने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...