चुनावमा बोराका बोरा खर्च गरेपछि सरकारमा नगएर हुन्छ ?
वि.सं.२०७९ पुस २६ मंगलवार १६:०९
1.4K
shares
काठमाडौं: संविधानको प्रवाधान भन्दा फरक परिस्थिति बनेको भन्दै राष्ट्रिय जनमोर्चाका पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई समर्थन नगर्ने भएका छन् ।
नेपालको निर्वाचन प्रणाली नै खर्चिलो भएको भन्दै केसीले बोराका बोरा पैसा खर्चिएर चुनाव जित्नेले सरकारमा नगएर हुन्छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘चुनाव खर्चिलो भयो । बोराका बोरा पैसा खर्च भएको छ । यो अनुभूति त तपाइँहररू सबैलाई होला । अनि यत्रो बोराका बोरा पैसा खर्च गरेर चुनाव जितेपछि त्यसको अधाइ गर्न सरकारमा जानुपरेन ?’
वि.सं.२०७९ पुस २६ मंगलवार १६:०९



















