Texas College
YouTube Link

आइएमई लाइफ इन्स्योरेन्सले जारी गर्‍यो आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनस दर

Facebook Link

 

काठमाडौं: आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि नयाँ बोनस दर जारी गरेको छ ।

 

आर्थिक वर्ष २०७७/७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि २०७७ असारसम्ममा जारी भएका मुनाफामा सरिक हुने  बीमालेखहरुमा बोनस दर कायम गरेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले जारी  गरेको नयाँ बोनस दर बीमितले प्रति हजार २० देखि ७० रुपैयाँसम्म पाउने छन् । जसमा सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३० रुपैयाँ बोनस दर तोकिएको छ । १० देखि १४ वर्ष ३० रुपैयाँ छ ।

 

१५ देखि १९ वर्षेलाई ३५ रुपैयाँ र २० देखि २४ वर्षको अवधिलाई ४८ रुपैयाँ बोनस दर छ । २५  वा सो भन्दा माथिको अवधिलाई ७० रुपैयाँ तोकिएको छ । त्यस्तै सावधिक र  अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको बोनस दर बराबर छ ।

 

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ बोनस दर छ । १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ २० देखि २४ वर्षेलाई ४८ रुपैयाँ छ । २५ वर्ष वा सो भन्दा माथिको अवधिका लागि ७० रुपैयाँ बोनस दर  तोकेको कम्पनीले जनाएको छ ।

 

कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक धन सरिता जीवन बीमालेखमा सम्पूर्ण बीमा अवधिका लागि २० रुपैयाँ बोनस दर कायम गरेको छ ।

 

उल्लेखित अवधिका लागि उपरोक्त अनुसारको बोनस दर मुत्यु दाबी पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने र कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दरको रुपमा उपरोक्त बमोजिम कायम गरिएको कम्पनीले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...