कुमारी बैंकका ग्राहकलाई होटेल ए-१ लभली स्टारमा छुट
वि.सं.२०७९ साउन ४ बुधवार १९:४०
काठमाडौं; कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच कुमारी बैंकका ग्राहकहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन ४ बुधवार १९:४०