YouTube Link

मुख्यमन्त्री केसीका मान्छेले प्रहरी हवल्दार कुटे

Facebook Link

काठमाडौ : रोल्पाको त्रिवेणी गाउँपालिका–७ अँधेरीखोलामा माओवादी कार्यकर्ताहरूले घर बिदामा जाँदै गरेका प्रहरी हवल्दारमाथि सांघातिक हमला गरेका छन् ।

प्यूठानबाट बुटवल सरूवाको रमना लिएर हिजो साँझ घर जाँदै गरेका सोही वडाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई खिम बाबुराजा डीसी, चन्द्रज्योति डीसीलगायतले आक्रमण गरेको पीडितको भनाइ छ ।

आक्रमणकारीहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी निकट मानिन्छन् । झण्डै एक दर्जनको समूहले आक्रमण गर्दा पीडितको टाउको र शरीरमा चोट लागेको छ ।

उक्त घटनामा दार्बोट प्रहरी चौकीका हवल्दारको पनि संलग्नता रहेको बताइएको छ । दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीको संलग्नता रहेको बताइएको छ ।

घटनाको योजना बनाउनेदेखि घटनास्थल नजिकै पुगेर आक्रमणकारीहरूलाई अटो रिक्सामा ओसारपसार गर्ने कार्यमा हवल्दार चौधरी सहभागी रहेको बताईएको छ । घटना पश्चात् चौधरीले पीडितलाई दार्बोट चौकीमा राखेर मोबाइल र मोटरसाइकलको साँचो जफत गरेका छन् । उनलाई दुई घण्टासम्म चौकीमा थुनेर दुव्र्यवहार गरिएको पीडितको भनाइ छ ।

‘उहाँले मलाई उल्टै दोषी देखाउन जिल्ला प्रहरी कार्यालयमा गलत रिपोर्ट गर्नुभएको थियो,’ पीडितले भने, ‘तर अहिले चेक गर्दा उहाँले मादक पर्दार्थ सेवन गरेको देखियो मलाई देखिएन् ।’ बाँठाले भने ।

ज्यान मार्ने उद्देश्यले आक्रमण भएकोले ज्यान मार्ने उद्योग अन्तर्गतकै जाहेरी दिने पीडितको भनाइ छ । पीडितले बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि तयारी भइरहेको बताईएका छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...