YouTube Link

मुख्यमन्त्री केसीका मान्छेले प्रहरी हवल्दार कुटे

Facebook Link

काठमाडौ : रोल्पाको त्रिवेणी गाउँपालिका–७ अँधेरीखोलामा माओवादी कार्यकर्ताहरूले घर बिदामा जाँदै गरेका प्रहरी हवल्दारमाथि सांघातिक हमला गरेका छन् ।

प्यूठानबाट बुटवल सरूवाको रमना लिएर हिजो साँझ घर जाँदै गरेका सोही वडाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई खिम बाबुराजा डीसी, चन्द्रज्योति डीसीलगायतले आक्रमण गरेको पीडितको भनाइ छ ।

आक्रमणकारीहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी निकट मानिन्छन् । झण्डै एक दर्जनको समूहले आक्रमण गर्दा पीडितको टाउको र शरीरमा चोट लागेको छ ।

उक्त घटनामा दार्बोट प्रहरी चौकीका हवल्दारको पनि संलग्नता रहेको बताइएको छ । दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीको संलग्नता रहेको बताइएको छ ।

घटनाको योजना बनाउनेदेखि घटनास्थल नजिकै पुगेर आक्रमणकारीहरूलाई अटो रिक्सामा ओसारपसार गर्ने कार्यमा हवल्दार चौधरी सहभागी रहेको बताईएको छ । घटना पश्चात् चौधरीले पीडितलाई दार्बोट चौकीमा राखेर मोबाइल र मोटरसाइकलको साँचो जफत गरेका छन् । उनलाई दुई घण्टासम्म चौकीमा थुनेर दुव्र्यवहार गरिएको पीडितको भनाइ छ ।

‘उहाँले मलाई उल्टै दोषी देखाउन जिल्ला प्रहरी कार्यालयमा गलत रिपोर्ट गर्नुभएको थियो,’ पीडितले भने, ‘तर अहिले चेक गर्दा उहाँले मादक पर्दार्थ सेवन गरेको देखियो मलाई देखिएन् ।’ बाँठाले भने ।

ज्यान मार्ने उद्देश्यले आक्रमण भएकोले ज्यान मार्ने उद्योग अन्तर्गतकै जाहेरी दिने पीडितको भनाइ छ । पीडितले बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि तयारी भइरहेको बताईएका छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...