तनहुँको बरादीमा प्रभु बैंकको नयाँ शाखा कार्यालय सञ्चालन
वि.सं.२०७९ साउन ४ बुधवार १९:५५
2.3K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडले तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका-१ स्थित बरादीमा आफ्नो २१६औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको बरादी शाखा कार्यालयको समुद्घटन गर्दै प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेका हुन् ।
बैंकको बरादीमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि शान्ति शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप यो शाखा खोलिएको बताए ।
बैंकको बराद शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेछ ।
स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरादी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७९ साउन ४ बुधवार १९:५५




















