YouTube Link

इन्धनको खपत घटाउन आइतबार बिदा र जोरबिजोर लगाउन सरकारलाई आयल निगमको प्रस्ताव

Facebook Link

काठमाडौं: नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोरविजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आइतबार पत्र पठाउँदै निगमले सरकारी कार्यालयमा आइतबार पनि सार्वजनिक विदा दिन प्रस्ताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अहिले देशको आर्थिक अवस्था खस्केको र तेल आयातले ठूलो मात्रामा पैसा विदेश पठाउन परेको कुरालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्न सकिने विषयमा आफूहरुले सिफारिस गरेको उनले बताए ।

‘हाम्रो घाटा चुलियो, भारतीय आयल निगमलाई तिर्ने पैसा समेत नहुने अवस्था भएपछि हामीले पेट्रोलियम पदार्थको खपत कम गर्ने विभिन्न विकल्प सरकारलाई सुझाएका छौं’, उपाध्यायले भने ।

उनका अनुसार निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर लगाउन सुझाव दिइएको छ । इन्धनको मूल्य आकासिए पनि सोही अनुपातमा मूल्य समायोजन गर्न नसक्दा घाटा चुलिएको उनले बताए ।

ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत बढाउन आह्वान गर्न पनि भनिएको छ ।

छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न, जुनसुकै किसिमका सवारी साधनमा पूर्ण सिट क्षमतामा यात्रुहरु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउन पनि सार्वजनिक आह्वान गर्न सुझाव दिइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...