मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा
वि.सं.२०७८ पुस ९ शुक्रवार १६:१५
1.8K
shares
काठमाडौं: मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सुरुवात गरेको छ ।
बैंकले सबै डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप, मेगा स्मार्ट बैंकिङ वा वेबको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जनाएको छ ।
डिजिटल बैंकिङलाई अझ बढी सजिलो र सुरक्षित बनाउँदै बैंकका खाता भएका वा नभएका ग्राहकहरुलाई समेत लक्षित यो सेवाको स्तरोन्नती गरिएको जारी बिज्ञप्तीमा उल्लेख छ ।
बैंकका अनुसार यसबाट बिना चेक नगद निकाल्न/पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचर लगायतका सुविधा समेत थप गरिएको छ ।
बैंकले मेगा स्मार्ट बैंकिङ मोबाइल एपको पनि स्तरोन्नती गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।
एपको स्तरोन्नतीसँगै बैंकको सेवा अझ बढी सुरक्षित रुपमा प्रयोग गर्न सकिने तथा ग्राहकहरुले सहजै डिजिटल बैंकिङ सम्बन्धी कुनैपनि समस्याबारे उजुरी समेत दिन सक्ने बैकले जनाएको छ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार १६:१५




















