YouTube Link

बेनेलीको प्रिमियम स्कुटर ‘प्यानेरिया’ सार्वजनिक

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर ‘प्यानेरिया’ १२५ सार्वजानिक भएको छ ।

 

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त स्कुटर सार्वजनिक गरिएको हो ।

 

इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो ।

 

यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ ।

 

जसले ७ हजार ५ सय आरपीएममा ८ दशमलव ५ पीएसको पावर र ६ हजार आरपीएममा ९ दशमलव २ एनएम टर्क जेनेरेट गर्छ ।

 

यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १ सय ९० एमएम डिस्क ब्रेकिङ सिस्टम सहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङ सहितको रियर सस्पेन्सन छ ।

 

यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध छन् ।

 

यसमा मुनलाइट रिफ्लेक्सन सहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । जसले विभिन्न जानकारी सहज तरिकाले उपलब्ध गराउन सहज गर्नेछ ।

 

प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र एल्लो गरी विभिन्न ४ कलरमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...