सिन्धु विकास बैंक लिमिटेडले २४ औं शाखा सञ्चालन
वि.सं.२०७८ असार १३ आइतवार १६:०९
1.8K
shares
काठमाडौं: सिन्धु विकास बैंक लिमिटेडले शुक्रवार नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा बैंकको २४ औं शाखा स्थापना गरी सञ्चालन गरेको हो ।
सिन्धु विकास बैंक लिमिटेडको उक्त शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी तथा नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बैंकको हाल सम्मको प्रगती विवरण तथा भावी कार्यक्रमहरुका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
हाल सम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयबासीलाई सघन वित्तिय पहुंच पुर्याउने उद्धेश्यले उक्त शाखाको स्थापना भएको तथा उक्त शाखाबाट सम्पूर्ण बैंकिङ् सेवाहरु सहित डिजिटल सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
यो पनी पढ्नुहोस् :
दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने
वि.सं.२०७८ असार १३ आइतवार १६:०९



















