YouTube Link

दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने

Facebook Link

काठमाडौं:  दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेसंगै सुरु हुने भएको हो ।

 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि निषेधाज्ञाका कारण रोकिएको सुन आयात करिब २ महिनापछि अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

कोरोना संक्रमण रोकथामका लागि वैशाख १६ गते देखि जारी गरेका निषेधाज्ञा आषाढ ८ गते मंगलबारदेखि उपत्यकासँगै अधिकांश जिल्लामा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसंगै व्यवसायीले पसल खोल्न पाइने भएपछि सुनको माग गरेका छन् ।

 

बैंकर एसोसिएसनले लामो समयदेखि रोकिएको सुनको आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेसंगै पहिलो फ्लाइटबाटै थाल्ने तयारी भएको जनाएको छ । बैंकहरुले भित्र्याउने सुन महासंघको समन्वयमा व्यवसायीले खरिद गर्ने गरेका छन्।

 

आयात गरिने उक्त सुन ५० प्रतिशत उपत्यकाभित्र  र ५० प्रतिशत बाहिर जिल्लाका व्यवसायीले उठाउन पाउने छन् । अहिले ८ वटा बैंकले ५०/५० केजीका दरले सुन आयात गर्न लागेका एसोसिएसनले जनाएको छ ।

 

निषेधाज्ञा अघि केही बैंकले सुन आयात गरिसकेको हुनाले अहिले बाँकी रहेका बैंकहरुलाई आयात गर्न इजाजत दिइएको छ। जसमा चार बैंकले उपत्यका भित्रका लागि र चार वटाले बाहिरका जिल्लाका लागि ल्याउने भएका छन्। एसोसिएसनका अनुसार नबिल, सिद्धार्थ, बीओके लगायत अन्य ५ वटा बैंकले सुन आयात गर्ने गरेका छन्।

 

सुनचाँदी व्यवसाय संचालनमा आएसँगै लामो समयदेखि आयात नहुँदा यतिबेला बजारमा कारोबारका लागि सुन अभाव भएको छ । बैंक र सुनचाँदी व्यवसायीहरुसँग स्टक सुन नभएकोले पहिलो लटमै ४ सय केजी सुन ल्याउन पहल गरेको महासंघले जनाएको छ ।

 

एकैपटक पर्याप्त परिमाणमा आयात भए व्यवसायीले आवश्यकता अनुसार उठाउन पाउने छन् । अहिले पहिलो लटमा  ल्याउन लागेको ४ सय केजी सुन निषेधाज्ञाले रोकिएको सुन हो । पहिलो लट आयात भएपछि बाँकी आठ सय केजी सुन क्रमिकरूपमा भित्र्याइने महासंघले जनाएको छ।

 

यो पनी पढ्नुहोस् :

ग्लोबल आइएमई बैंकले ८.०१ प्रतिशत ब्याजदर उपलब्ध गराउने

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...