YouTube Link

दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने

Facebook Link

काठमाडौं:  दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेसंगै सुरु हुने भएको हो ।

 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि निषेधाज्ञाका कारण रोकिएको सुन आयात करिब २ महिनापछि अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

कोरोना संक्रमण रोकथामका लागि वैशाख १६ गते देखि जारी गरेका निषेधाज्ञा आषाढ ८ गते मंगलबारदेखि उपत्यकासँगै अधिकांश जिल्लामा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसंगै व्यवसायीले पसल खोल्न पाइने भएपछि सुनको माग गरेका छन् ।

 

बैंकर एसोसिएसनले लामो समयदेखि रोकिएको सुनको आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेसंगै पहिलो फ्लाइटबाटै थाल्ने तयारी भएको जनाएको छ । बैंकहरुले भित्र्याउने सुन महासंघको समन्वयमा व्यवसायीले खरिद गर्ने गरेका छन्।

 

आयात गरिने उक्त सुन ५० प्रतिशत उपत्यकाभित्र  र ५० प्रतिशत बाहिर जिल्लाका व्यवसायीले उठाउन पाउने छन् । अहिले ८ वटा बैंकले ५०/५० केजीका दरले सुन आयात गर्न लागेका एसोसिएसनले जनाएको छ ।

 

निषेधाज्ञा अघि केही बैंकले सुन आयात गरिसकेको हुनाले अहिले बाँकी रहेका बैंकहरुलाई आयात गर्न इजाजत दिइएको छ। जसमा चार बैंकले उपत्यका भित्रका लागि र चार वटाले बाहिरका जिल्लाका लागि ल्याउने भएका छन्। एसोसिएसनका अनुसार नबिल, सिद्धार्थ, बीओके लगायत अन्य ५ वटा बैंकले सुन आयात गर्ने गरेका छन्।

 

सुनचाँदी व्यवसाय संचालनमा आएसँगै लामो समयदेखि आयात नहुँदा यतिबेला बजारमा कारोबारका लागि सुन अभाव भएको छ । बैंक र सुनचाँदी व्यवसायीहरुसँग स्टक सुन नभएकोले पहिलो लटमै ४ सय केजी सुन ल्याउन पहल गरेको महासंघले जनाएको छ ।

 

एकैपटक पर्याप्त परिमाणमा आयात भए व्यवसायीले आवश्यकता अनुसार उठाउन पाउने छन् । अहिले पहिलो लटमा  ल्याउन लागेको ४ सय केजी सुन निषेधाज्ञाले रोकिएको सुन हो । पहिलो लट आयात भएपछि बाँकी आठ सय केजी सुन क्रमिकरूपमा भित्र्याइने महासंघले जनाएको छ।

 

यो पनी पढ्नुहोस् :

ग्लोबल आइएमई बैंकले ८.०१ प्रतिशत ब्याजदर उपलब्ध गराउने

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...