YouTube Link

सिटिजन्स बैंक इन्टरनेसनलले सातौँ वार्षिक साधारणसभा सम्पन्न

Facebook Link

काठमाडौं:  सिटिजन्स बैंक इन्टरनेसनलले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिहीबार सम्पन्न साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

 

काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत गरिएको विशेष साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत गरिएको सिर्जना फानान्सलाई प्राप्तिसम्बन्धी विशेष प्रस्ताव अनुमोदन भएको हो। सभाले सिर्जना फाइनान्स  र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ।

 

सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर (१:०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ।

 

विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको पनि आजै सम्पन्न विशेष साधारणसभाले समेत सिर्जना फाइनान्सलाई  प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुवै सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सिर्जना फाइनान्स प्राप्ति गर्नका लागि बाटो खुलेको हो।

 

यसै आर्थिक वर्षभित्र सिर्जना फाइनान्सलाई संयुक्त कारोबार प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष भण्डारीले जानकारी दिए। उनले यसका साथसाथै प्राप्तिपश्चात बैंकको  वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धी हुने कुरा व्यक्त गर्नु भएको छ ।

 

जेठ २६ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्स लाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ। प्राप्तिपश्चात बैंकको कुल शाखा १८९ हुनेछ।

 

हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स प्राप्तिपश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्तिपश्चात २७ वटा शाखाहरु हुनेछन्।

 

सहमतिअनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन्। सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ।

 

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो। बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ। यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्नेछ।

 

प्राप्तिपश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

 

यो पनि पढ्नुहोस् :

नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...