YouTube Link

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २५ लाख कित्ता ऋणपत्र विक्री खुला

World Cup 2026
Facebook Link

काठमाडौं:  राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।

 

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ८.५० प्रतिशत आरबिबि डिबेञ्चर, २०८३ नामको कुल कित्ता ऋणपत्रमध्य १० लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

 

सर्वसाधारणका लागि छुट्याएको प्रतिकित्ता रू. १ हजार दरको १० लाख कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासन मार्फत बैंकले विक्री गर्न लागेको हो । छिटोमा जेठ २८ र ढिलोमा असार ८ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

 

उक्त ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकको यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा रहेको संकेत गर्ने केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ् प्रदान गरेको छ ।

 

यो पनि पढ्नुहोस् :

नेपाल बङ्गलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनायो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...