YouTube Link

अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम ठप्प

Facebook Link

काठमाडौं:  अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेकाले काम ठप्प भएको हो ।

 

सङ्खुवासभा चिचिला गाउँपालिकामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा बुधबार बिहान ०८:३० बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठ्ठु राना घाइते भएका थिए ।

 

मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आक्रोशित मजदूरले काम अवरुद्ध गरी स्थानीय कार्यालय, सवारी साधन र निर्माण सामग्रीमा तोडफोड गरेकाले विद्युत् गृहस्थलमा काम शुरु हुन सकेन । कम्पनी तथा  सरोकारवाला निकायसँग छलफल भइरहेको र विद्युत् गृहको काम चाँडै पुनः सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

 

शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदार आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामस्वरुप रानाले बताए ।

 

जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोध गर्ने गरिएकाले काम गर्न असहज भएको हुनाले नेपाल सरकारले सुरक्षाको प्रत्यभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने सिइओ अरुण धिमानले जानकारी दिनुभयो  ।

 

कूल रु एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको अयोजनाको काम सन् २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ ।

 

अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् । विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इन्जिनीरिङ कम्पनीले काम गरिरहेको छ ।

 

यो पनि पढ्नुहोस् :

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...