YouTube Link

नबिल बैंकसँग मुथुट युनाइटेड फाइनान्स मिसिने

Facebook Link

काठमाडौं:  नबिल बैंकसँग मुथुट युनाइटेड फाइनान्स मिसिने भएको छ । शुक्रबार नबिलले युनाइटेडलाई प्राप्त गर्ने समझादारी पत्रमा हस्ताक्षर भएको हो ।

 

नबिल बैंकका तर्फबाट उदयकृष्ण उपाध्याय र मुथुट युनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

 

युनाइटेडमा मुथुटको २१ प्रतिशत लगानी रहेको छ भने नबिल बैंकमा ५० प्रतिशत विदेशी लगानी रहेको छ  ।  नबिल बैंक र युनाइटेड फाइनान्स दुवै विदेशी संयुक्त लगानी भएका वित्तीय संस्था हुन् ।

 

नबिल बैंकले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको बताइएको छ । प्रारम्भिक सम्झौता अनुसार यूनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता शेयर पाउनेछन् ।

 

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ लगानी भएका वित्तीय संस्थालाई गाभ्ने नीति लिएका कारण नबिल र युनाइटेडलाई पहिलादेखि नै प्रेसर पर्दै आएको थियो । नबिल र  युनाइटेड दुबै संस्थामा चौधरी समूहको लगानी छ । युनाइटेडमा वसन्त चौधरीको लगानी रहेको छ भने नबिल बैंकमा विनोद चौधरीको लगानी रहेको छ ।

 

नबिल बैंकसँग प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममाहुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढँइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।

 

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्रमात्र शाखा सञ्जाल बृद्धि भइ ३७ हुनेछ । एटिएम संख्या भने १९० हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आधार रु २०१ अर्ब हुने बैंकले जनाएको छ ।  यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको गरि २ खर्ब माथिहुने बैंकले जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

सरकारका मन्त्रालय, विभाग र कार्यालयका सवारी कोटा निर्धारण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...