YouTube Link

सनराइज बैंकले ताप्लेजुङ्गमा शाखारहित बैंकिङ् सेवाको सुरुवात

Facebook Link

काठमाडौं:  सनराइज बैंकले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–३, सिवा, ताप्लेजुङ्गमा शाखारहित बैंकिङ् सेवाको सुरुवात गरेको छ । बैंकको शाखारहित बैंकिङ् सेवा संख्या ७४ पुगेको छ ।

 

सनराइज बैंकले ताप्लेजुङ्ग मा खोलेको सो शाखारहित बैंकिङ् सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा पदम बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष आइतराम लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा फक्ताङलुङ वडा नं. ३ का वडा सदस्य तेजविर लिम्बु, सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतम, स्थानिय ब्यबसायी तथा समाजसेवी अग्नी प्रसाद सिग्देल, बैंक फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुब प्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

शाखारहित बैंकिङ् सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ् सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

 

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

 

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ् सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस् :

एनएमबी बैंकले ओम्नी च्यानलमार्फत रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...