YouTube Link

शाइन रेसुंगा बैंकले काठमाडौंमा पाँचवटा नयाँ शाखाको उद्घाटन

Facebook Link

काठमाडौं:  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैपटक पाँचवटा नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले आक्रामक शैलीमा नयाँबानेश्वर, कलंकी, न्युरोड, गोंगबु र महाराजगन्जमा शाखा सञ्चालनमा ल्याएको हो ।

 

बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष स्थानेश्वर पौडेलले आइतबार बानेश्वरको एभरेस्ट होटेलमा आयोजित समारोहका बीच नयाँ शाखाहरूको औपचारिक उद्घाटन गर्नु भयो । योसँगै बैंकको शाखा संख्या ८० पुगेको छ। ।

 

बैंकको कलंकी शाखा फागुन ५ देखि नै सञ्चालनमा रहेको छ  त्यसैगरी, नयाँबानेश्वर र न्युरोडका शाखाले फागुन अन्तिम सातादेखि नै वित्तीय सेवा दिइरहेका छन् । गोंगबु र महारजगन्जका शाखा आइतबारदेखि सञ्चालनमा आएको हो । यी सबै शाखाको औपचारिक उद्घाटन एकैसाथ गरिएको बैंकले जनाएको छ ।

 

२०६५ फागुन ११ मा रूपन्देहीमा स्थापित शाइन विकास बैंक र गुल्मीको रेसुंगा विकास बैंकबीच मर्जर सम्पन्न भई २०६९ चैत ४ मा शाइन रेसुंगा नामले यो बैंकले एकीकृत कारोबार सुरु गरेको हो ।

 

बैंकले २०७३ जेठमा प्युठानको गौमुखी विकास बैंक त्यसपछि राष्ट्रियस्तरमा सेवा विस्तार गर्ने क्रममा एकैसाथ रूपन्देहीको पूर्णिमा विकास बैंक र नेपालगन्जको भार्गव विकास बैंकलाई आफूमा गाभ्यो ।

 

एउटा शाखाबाट सुरु भएको बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भई ८०औँ शाखामार्फत सेवा दिने अवस्थामा पुग्नुमा बैंकको सञ्चालक समिति, व्यवस्थापन पक्ष, प्रमुख कार्यकारी अधिकृत, कर्मचारीसँगै आम ग्राहक वर्गको समेत उत्तिकै योगदान रहेको बैंकका अध्यक्ष पौडेलले बताउनु भयो ।

 

शाइन रेसुंगा बैंकले ग्रामीणमुखी बैंकिङलाई महत्त्व दिँदै वित्तीय सेवा दिँदै आएको बताए । बैंकको शाखासञ्जाल सहरी क्षेत्रमा करिब १५ प्रतिशत, अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत रहेको पौडेलले जानकारी दिए ।

 

बैंकको हाल ग्राहकसंख्या ४ लाखभन्दा बढी रहेको छ । प्रतिवर्ष लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको बैंकको हालको चुक्तापुँजी करिब ४ अर्ब रहेको छ । बैंकले ३३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको र ३० अर्बभन्दा बढी कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :

मेगा बैंकले गोलभेंडा उत्पादक कृषकहरुलाई कर्जा उपलब्ध गराउने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...