नेपाल बैंकले चाँगुनारायणका युवाहरुलाई बिना व्याज ऋण दिने
वि.सं.२०७७ चैत ५ बिहीवार १७:३६
1.5K
shares
काठमाडौं: नेपाल बैंकले चाँगुनारायणका तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएको छ । बैंकले चाँगुनारायण नगरपालिकाको जमानीमा ति युवाहरुलाई ऋण दिने भएको हो ।
राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंकको आयोजनामा बुधबारबाट सुरु भएको ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता- जिवाईबी/एसवाइबी’ सात दिवसिय तालिम कार्यक्रममा सम्झौता भएको हो ।
चैत ९ गतेसम्म चल्ने उक्त तालिम कार्यक्रम १० समुहमा ३ सय ७० जनालाई दिइने युवा परिषद्ले जानकारी दिएको छ । तालिम पश्चात् नेपाल बैंकले ३ सय जनालाई विजनेस प्रपोजलको आधारमा पालिकाको जमानीमा ३ लाखको दरले बिना व्याज ऋण दिने सहमति भएको हो । मेयर उधमशिलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो ।
कार्यक्रममा नेपाल बैंकको तर्फबाट सम्बोधन गर्दै सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताउनु भयो ।
यो पनि पढ्नुहोस् :
कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच सम्झौता
वि.सं.२०७७ चैत ५ बिहीवार १७:३६




















