प्रभु बैंकले पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालन
वि.सं.२०७७ फागुन २० बिहीवार १६:५६
काठमाडौं: प्रभु बैंकले झापाको बिर्तामोड नगरपालिका–६ मा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यो काउन्टर ५८औँ एक्स्टेन्सन काउन्टर हो ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो गर्नु भएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थिति रहेको थियो ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा सेवाग्राहीलाई प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउन एक्स्टेन्सन काउन्टर स्थापना गरेको बैंकले जनाएको छ । काउन्टर स्थापनासँगै अस्पतालको काम गर्न तथा सेवाग्राहीलाई अस्पतालको सेवा लिन सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।
बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी तथा निजी संघसंस्थामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएर बैंकिङ सेवा दिँदै आएको छ । एक्स्टेन्सन काउन्टर सञ्चालनपश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने हुँदा त्यसले प्रशासनिक सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
प्रभु बैंकले देशभर २ सय १३ वटा शाखा कार्यालय, १ सय ८९ वटा एटिएम, ५८ वटा एक्स्टेन्सन काउन्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिँदै आएको छ ।
यो पनि पढ्नुहोस् :
ज्योति विकास बैंकले स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
वि.सं.२०७७ फागुन २० बिहीवार १६:५६