Texas College
YouTube Link

प्रभु बैंकले पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालन

Facebook Link

काठमाडौं:  प्रभु बैंकले झापाको बिर्तामोड नगरपालिका–६ मा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यो काउन्टर ५८औँ एक्स्टेन्सन काउन्टर हो ।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो गर्नु भएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थिति रहेको थियो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा सेवाग्राहीलाई प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउन एक्स्टेन्सन काउन्टर स्थापना गरेको बैंकले जनाएको छ । काउन्टर स्थापनासँगै अस्पतालको काम गर्न तथा सेवाग्राहीलाई अस्पतालको सेवा लिन सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।

बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी तथा निजी संघसंस्थामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएर बैंकिङ सेवा दिँदै आएको छ । एक्स्टेन्सन काउन्टर सञ्चालनपश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने हुँदा त्यसले प्रशासनिक सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

प्रभु बैंकले देशभर २ सय १३ वटा शाखा कार्यालय, १ सय ८९ वटा एटिएम, ५८ वटा एक्स्टेन्सन काउन्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिँदै आएको छ ।

यो पनि पढ्नुहोस् :

ज्योति विकास बैंकले स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...