कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने
वि.सं.२०७७ फागुन २० बिहीवार १७:२७
1.9K
shares
काठमाडौं: कुमारी बैंक लिमिटेडले ६८ लाख ५ सय ३२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।
ईच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन बैंकले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् :
प्रभु बैंकले पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालन
वि.सं.२०७७ फागुन २० बिहीवार १७:२७




















