Rajshow Bivag

ज्योति विकास बैंकले स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

Departmant of helth services

काठमाडौं:  ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट बेनी अस्पताल, बेनी नगरपालिका वडा नं ८ म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं १ बाग्लुङलाई एक/एक थान बेबी वार्मर प्रदान गरेको छ ।

बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा उक्त बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी द्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष श्री बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य श्रीमती सीता कंडेल र डा. मिलन मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।

बैंकले राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङ्, सामरी स्वास्थ्य चौकी सामरी, बेनी अस्पताल म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बाग्लुङलाई एक/एक थान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु ३७ अर्ब लगानी गर्न सफल भएको छ।

यो पनि पढ्नुहोस् :

महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालय पोशाक वितरण

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

वि.सं.२०८० माघ २३ मंगलवार १४:४२

  काठमाडौं: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको...