YouTube Link

ज्योति विकास बैंकले स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

World Cup 2026
Facebook Link

काठमाडौं:  ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट बेनी अस्पताल, बेनी नगरपालिका वडा नं ८ म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं १ बाग्लुङलाई एक/एक थान बेबी वार्मर प्रदान गरेको छ ।

बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा उक्त बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी द्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष श्री बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य श्रीमती सीता कंडेल र डा. मिलन मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।

बैंकले राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङ्, सामरी स्वास्थ्य चौकी सामरी, बेनी अस्पताल म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बाग्लुङलाई एक/एक थान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु ३७ अर्ब लगानी गर्न सफल भएको छ।

यो पनि पढ्नुहोस् :

महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालय पोशाक वितरण

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...